Like us!
Follow us!
Connect us!
Watch us!

यो सरकारको भुईँमा खुट्टै छैन, यस्तो उम्लिएकाहरू स्थिर हुँदैनन् - केपी शर्मा ओली

अर्थ संसार

विहीबार, २५ असार २०८३, १६ : ०२ मा प्रकाशित

यो सरकारको भुईँमा खुट्टै छैन, यस्तो उम्लिएकाहरू स्थिर हुँदैनन्   - केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देश र जनताको हितविपरीत अघि बढेको आरोप लगाएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका हुन्।

उनले भने, ‘पत्रकार भाइबहिनीहरूले प्रश्न सोध्ने गर्नुहुन्छ, १०० दिनको अहिलेको सरकारको कार्यकाल कस्तो लाग्यो भनेर। उत्तर देखिराख्नुभएको छ। सुकुम्वासीका फोटो आफैले छापिराख्नुभएको छ। बालबालिकाका धरधरी रोएका फोटो आफैले छापिराख्नुभएको छ। सुकुम्वासी बस्तीहरूमा डोजर लगाएको तपाईँ आफैले छापिराख्नुभएको छ, प्रसारित गरिराख्नुभएको छ।’

उनले अहिले खुसी हुने कतै ठाउँ नभएको बताए । उनले यस्तो उम्लिएकाहरू स्थिर नहुने जिकिर गरे। उनले अहिलेको सरकारको भुईँमा खुट्टा नै नभएको टिप्पणी गरे।

उनले भने, ‘नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेर्नुपर्ने हुन्छ। एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन। म भन्छु, दूध एक पाथी जाने भाँडोमा ततायो भने भरि हुन्छ, भरि भएर पोखिन्छ। तर के त्यो साँच्चै भरि भएको हो त दूध ? होइन, त्यो उम्लिएको मात्रै हो। अहिले यो सरकार कहाँ ठेगानमा छ? यसका खुट्टा कहाँ भुईँमा छन्? यो उम्लिया छ। दूध भाँडाको पिँधमा छैन, भाँडा भरि भएको छ, थोरै भए पनि उम्लिया छ। भाँडा बाहिरसम्म पोखिएको छ उम्लेर। ‘

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको