Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मीविकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता, ग्राहकलाई यस्तो अफर

मंगलबार, १७ भदौ २०७६, १० : ५४ मा प्रकाशित

महालक्ष्मीविकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता, ग्राहकलाई यस्तो अफर

अर्थ संसार, काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गर्ने हेतुले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँग एक सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत  कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।  उक्त सम्झौतापत्र एक कार्यक्रमकाबीच अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनु हुनेछ ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा१०%, रेडियसन थेरापी र बीचथेरापीमा ५%तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा१०% आकर्षक छुट प्राप्तगर्न सक्नु हुनेछ ।

देशका ९९ वटा शाखाहरुबाट बैकिङ्ग सेवाप्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।                
                
                

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको