निर्यातकर्तासँग यी कुरा हुनु पर्छ
१. दर्ता भएको फर्म/कम्पनी/उद्योग
२.आन्तरिक राजस्व कार्यालयमा दर्ता
३. कुनै बाणिज्य बैंकमा बचत खाता
निर्यात अर्डरका लागि आवश्क कुरा
१ं. निर्यातकर्ताका नाममा एलसी (लेटर अफ क्रेडिट) खोलिएको हुनु पर्ने वा
२. परिवत्र्य विदेशी मुद्रामा निर्यातकर्ताको बैंक खातामा अग्रिम भूक्तानी जम्मा गरिएको
३. नमुना, १ सय ५० डलरभन्दा कमको निर्यात गर्न उल्लेखित सर्त लागू नहुने ।
४. केही उत्पादनमा माथि उल्लेखित १ र २ को सर्त लागू नहुने । यसै गरी भारत र तिब्बतमा निर्यात गर्दा पनि त्यति कडाइ नहुने ।
निर्यातका लागि आवश्यक कागजात
१. हस्तकला महासंघ नेपालले प्रमाणित गरेको ब्यापारिक बिलसहित प्रमाणपत्र ।
२. प्याकिङ लिस्ट (उपलब्ध भए) ।
३. चेम्बर अफ कमर्सले जारी गरेको उत्पत्तिको प्रमाणपत्र ।
४. नेपाल राष्ट्र बैंकको उद्घोषण फारम ।
५. आधिकारिकता पत्र ।
६. एलसी वा अग्रिंम भुक्तानी ।
७. फर्म रजिस्ट्रेसन÷आयकर (प्यान) दर्ता । हरेक बर्षको एक प्रति ।
८. भन्सार एजेन्ट नियुक्त गरेको भए एजेन्टको दर्ता एक प्रति ।
९. पूरातत्व विभागले जारी गरेको म्युजियम पास सर्टिफिकेट ।
१०.जिएसपी फर्म ए ।
११. घरपालुवा जनाबरको अंगबाट बनेका सामान भए नेपाल हस्तकला महासंघको ‘नो अब्जेक्सन लेटर’ ।
१२. खनिज बस्तु भए खानी तथा भूगर्भ विभागको सिफारिस पत्र ।
१३. बनस्पतिजन्य उत्पादन भए वन विभागको सिफारिस पत्र ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस