Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक इन्टरनेसनलको शाखा बाँकेको कोहलपुरमा

अर्थ संसार

बुधबार, १८ भदौ २०७६, १६ : ४३ मा प्रकाशित

सिटिजन्स बैंक इन्टरनेसनलको शाखा बाँकेको कोहलपुरमा

अर्थ संसार, काठमाडौं– “योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८२औं शाखाबाँकेको कोहलपुरमा संचालनमा ल्याएको छ ।

बुधबार एक समारोहकाबीच बैंकका संचालक समितिका सदस्य  प्रकाशचन्द्र मैनालीले रिवन काटी उक्त शाखाको उद्घाटन गर्नु भएको छ। उक्त समारोहमा स्थानियनिकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै सानातथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पर्याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लगायतकावित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमाग्राहकहरुलाई प्रदानगर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

सोहि कार्यक्रममा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत श्री ज्ञान ज्योति माध्यमिक विद्यालय, बगिया कोहलपुरलाई रू पचास हजारको आर्थिक सहयोग प्रदान गरेको छ। अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम् तिविभिन्न कार्यक्रम संचालनग र्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत  गणेशराज पोखरेलले जानकारी गराउनु भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधिभित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजत प्राप्त  सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु द्रुत गतिमा अगाडि बढिरहेको कुरा बैंकले जनाएको छ । संघीयतालाई दह्रो  र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १२ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७८ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको