अर्थ संसार, काठमाडौं - सानिमा बैंक लिमिटेडले गत आवको मुनाफाबाट २१ दशमलव शून्य ५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
भदौ १६ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ११ दशमलव शून्य ५२६ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि सहित) वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी साधारणसभाबाट पारित गरी सो लाभांश वितरण गरिनेछ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख रहेको छ । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड पुग्नेछ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस