Like us!
Follow us!
Connect us!
Watch us!

१२ लाख घुससहित सर्लाही मालपोतका सुव्वा पक्राउ

सोमबार, १७ असोज २०७३, १६ : ४५ मा प्रकाशित

१२ लाख घुससहित सर्लाही मालपोतका सुव्वा पक्राउ


अर्थ संसार
काठमाडौं — मालपोत कार्यालय सर्लाहीका नायब सुव्वा आईतवार घुससहित प्रक्राउ परेका छन् । सुव्वा रामनरेश राय १२  लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ परेको हुन् । रायलाई अख्तियार दुरपयोग अन्नुसन्धान आयोग वर्दिवासका प्रमुख डिएसपी राजकुमार लम्सालको टोलिले पक्राउ गरेको हो । रायले घर जग्गा दर्ता गरिदिने भन्दै  घुस लिँदालिँदै अख्तियारको टोली पुगेको थियो । मलंगवा नगरपालिका १० जिविस चोकमा कोठामा वस्दै आएका राय कोठावाटै पक्राउ परेका हुन् ।

उनले कार्यालय समय सकिएपछि कोठामा बोलाएर घुस मागेका थिए । घर जग्गा दर्ता गरिदिने भन्दै १४ जनावाट घुस लिएको खुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासका प्रमुख डिएसपी लम्सालले वताए । घूससहित समातिएका रायलाई महोत्तरीको बर्दिबासस्थित अख्तियारको कार्यालयमा राखेर अनुसन्धान अघि बढाइएको लम्सालले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको