Like us!
Follow us!
Connect us!
Watch us!
विभिन्न देशका १ सय स्टल

दोस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु [फोटोफिचर]

बुधबार, ०४ फागुन २०७३, ११ : २५ मा प्रकाशित

दोस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु [फोटोफिचर]

अर्थ संसार
काठमाडौं–नेपालमा पहिलो पटक महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको अन्तराष्ट्रिय प्रदर्शननी गरिसकेको महिला उद्यमी महासंघले यही मंगलबारदेखि काठमाडौैंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा दोस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु गरेको छ । मेला फागुन ७ गतेसम्म चल्ने छ ।

व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि लिएर महिला निर्यातकर्ताका साथै अन्तराष्ट्रिय मुलुकका उद्यमी महिलाहरुको सहभागिता रहनेछ । मेलाको देशभित्रका विभिन्न जिल्लाका महिला उद्धमीहरुको सक्रिय सहभागिता रहनेछ ।मेलाको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका थिए ।

नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यले महिला उद्दमी महासंघ, वाणिज्य मन्त्रालयअन्तर्गतको व्यापार निर्यात प्रवर्धन केन्द्र र आइएलओ, सिइआइसी–युनिटेरालगायतका संस्थाहरुको सहयोगमा व्यापार मेला आयोजना गरिएको हो ।

हस्तकलाका सामान, अर्गानिक उत्पादनहरु, बिजुलीबत्तीका सामान स्वदेश तथा विदेशका खानेकुराका परिकार, गरगहना, सजावटका सामान, शैक्षिक संस्थालगायत विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टल मेलाका आकर्षण छन् । मेलामा १ सय वटा स्टल छन् । मेलामा स्वदेशका महिला उद्यमीलगायत मेलामा बंगलादेश, भारत, फिलिपिन्स, दक्षीण कोरियाका महिला उद्यमीहरुका उत्कृष्ट उत्पादनहरु किन्ने र अवलोकन गर्ने अवसर प्राप्त हुनेछ ।
 
मेलाको उद्देश्य

  • हस्तकला, पहिरनका सामानहरु, कृषिउत्पादनहरु, अर्ग्निक उत्पादनहरु, क्ष्त् सामग्रिहरु, शैक्षिक सामग्रीहरुको आन्तरिक र अन्तर्रा्ष्ट्रिय बजार प्रवर्धन गर्नुका साथै प्रचार प्रसार गर्नु । 

  • महिला उद्यमीहरुको श्रम, शीप र लगानीको पहिचान बनाउनु।

  • नेपाली उद्यमी महिला, व्यापारी, निर्यातकर्ता र विदेशी आयातकर्ताहरु बीचमा व्यावसायिक सम्बन्ध विकास गर्नु ।

  • नेपाली महिला उद्यमी तथा व्यापारीहरुलाई न्यूनतम खर्चमा अन्तराष्ट्रिय स्तरको व्यापार मेलामा सहभागि हुने अवसर प्रदान गर्नु ।

  • महिला उद्यमी तथा व्यापारीहरुको व्यावसायिक सन्जाल तथा पहिचान बढाउनुका साथै विस्तारिकरणमा टेवा पुर्याउनु ।

  • अन्तराष्ट्रिय सम्बन्धित विज्ञ तथा नेपाली महिला उद्यमी र व्यापारीहरुबीच भेटघाट गराउनु ।

यसैगरी निर्यातकर्ता, आन्तरिक उपभोक्ता, क्रेता, थोक बिक्रेता र हस्तकला, पहिरनका सामानहरु, कृषि उत्पादनहरु, अर्गानिक उत्पादनहरु, सूचना प्रविधिसामग्रीहरुको क्षेत्रका अन्तराष्ट्रिय उद्यमी, व्यवसायी, व्यापारी र आयातकर्ताहरुलाई लक्षित गरेर यो मेलाको आयोजना गरिएको महासंघले जनाएको छ ।

मेलामा सार्क राष्ट्र, युरोपलगायतका देशहरुबाट ५० जनाभन्दा बढी विदेशी आयातकर्ता  आउने अपेक्षा आयोजकको छ ।      मेला करीब १ लाखले अवलोकन गर्ने अनुमान छ । मेलामा ५ करोडको कारोबार हुने अपेक्षा राखिएको छ । व्यापार मेला अवलोकन गर्नको लागि प्रवेश टिकटको मूल्य ५० रुपैयां निर्धारण गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको