अर्थ संसार, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेकपाभित्र एक व्यक्ति, एक पदको व्यवस्था लागू गर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउपर्छ र पार्टी चलाउने एकल जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुपर्छ ।”
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस शुरु भइरहेको बताउनुभयो । पार्टीका नेताहरु सरकार र पार्टीको प्रमुख जिम्मेवारीसहित दोहोरो भूमिकामा रहेको बताउँदै ज्ञवालीले भन्नुभयो, “अहिले पनि कुनै नगरपालिकाका प्रमुख, पार्टी कमिटीको अध्यक्षका रुपमा कार्यरत छन् ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस