Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ च्यानल नहुँदा चिनमा निर्यात गर्न समस्या

बुधबार, ०४ फागुन २०७३, १८ : २१ मा प्रकाशित

बैंकिङ च्यानल नहुँदा चिनमा निर्यात गर्न समस्या

अर्थ संसार 

नेपाली हस्तकलाका सामानको माग चिनमा बढ्दै गएका बेला त्यहाँ विकेको सामानको रकम नेपालमा ल्याउन भने ब्यवसायीलाई समस्या हुने गरेको छ ।

 चीनबाट नेपालमा बैंकमार्फत रकम ल्याउन समस्या छ । चिनमा हुने ब्यापारको रकम बैंकमार्फत ल्याउन नसकिएकाले निर्यात बढाउन गाह्रो भएको हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार डंगोलले बताए ।

युरोप, अमेरिकालगायतका मुलुकका खरिदकर्ताले बैंकबाट रकम पठाउने भएकाले समस्या छैन । चीनबाट व्यवसायीका खातामा रकम जम्मा गर्न सक्ने गरी बैंकिङ्ग च्यानल बढाउन नसकेकाले मागको तुलनामा निर्यात बढाउन समस्या भएको डंगोलको भनाई छ ।

पछिल्लो समय खासगरी नेपाली मूर्तिकलाको माग चिनमा बढेको छ । बैंकिङ्ग प्रणाली सहज बनाउने हो भने अहिलेको मागलाई दोब्बर बनाउन सकिने डंगोलले बताए ।

नेपाली हस्तकला क्षेत्रअन्तर्गत अहिले ४० देखि ४५ थरिको सामान उत्पादन हुने गरेको छ । यी सामान झण्डै ८० वटा देशमा निर्यात हुँदै आएको हस्तकला महासंघले जनाएको छ ।

माग धेरै हुने भएपनि दक्ष कामदार कच्चा पदार्थको अभाव जस्ता कारणले अहिले काष्ठकला, प्रस्तरकला जस्ता क्षेत्रमा उत्पादन बढाउन नसकिएको महासंघको भनाई छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको