Like us!
Follow us!
Connect us!
Watch us!

टिभिएस अपाचे आरटिआर १६० २ भि रेस एडिसन सार्वजनिक, यस्तो छ विशेषता

अर्थ संसार

आइतबार, २२ भदौ २०७६, १८ : २८ मा प्रकाशित

टिभिएस अपाचे आरटिआर १६० २ भि रेस एडिसन सार्वजनिक, यस्तो छ विशेषता

अथ संसार, काठमाडौं– टिभिएस मोटर कम्पनी, विश्वव्यापी रुपमा टू–ह्वीलर र थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनीले आफ्नो लोकप्रिय विश्वकै उत्कृष्ट मोडल टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसनलाई नेशनल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा) अटो शो २०१९ को दौरान नेपालमा सार्वजनिक गरेको छ ।

टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन टिभिएस रेसिङ्ग परम्पराको गौरवमय ३७ वर्षको एक घनीभूत विश्वमै लोकप्रिय उपलब्धि हो र युवा पुस्ताहरुमा यसलाई लक्षित गरिएको छ । अभूतपूर्व रेसिङ्ग डिकल्स, थ्रीडि लोगो, चमकदार रङ्गहरु एवं स्पिड मिटरको नवीन डायलले यो मोटर साइकललाई एक स्टाइलिस ढाँचा प्रदान गरेको छ ।

यसैगरी उच्च ग्रिप टायरहरुका साथ पांग्रामा भएको नयाँ पिनस्ट्राइपहरु, डबल डिस्क ब्रेकहरु र एक शक्तिशाली इन्जिनले बाइक चालकलाई रेसिङ्ग अनुभूतिमा कुनै सम्झौता नगरेरै बाइक चलाउने अनुभव प्रदान गर्दछ ।
समारोहमा सम्बोधन गर्दै टिभिएस मोटर कम्पनी, अन्तर्राष्ट्रिय बिजनेसका कार्यकारी उपाध्यक्ष  आर.दिलिपले भन्नु भयो “हाम्रो ग्राहक आधारको एक महत्वपूर्ण हिस्सा युवाभएको हुँदा टिभिएस मोटर कम्पनीका लागि नेपाल एक संवेदनशील बजार हो भन्ने हामीले मान्दै आएका छौं ।

टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसनले देशमा रहेका युवाहरुमाझ टिभिएस मोटरका उत्पादनहरु प्रति थप उत्साह जगाउने विश्वास हाम्रो रहेको छ । गहन रेसिङ्ग परम्पराद्वारा समर्थन प्राप्त यो स्टाइलिस प्रिमियम मोटरसाइकलले नेपालका सबै बाइकिङ्ग शौखिनहरुलाई आकर्षित गर्नेछ ।”

सोही अवसरमा जगदम्बा मोटर्सका प्रबन्धनिर्देशक  शाहिल अग्रवालले भन्नु भयो “नेपालमा टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन भित्राउ नपाएकोमा हामी हर्षित भएका छौं । यो प्रिमियम ब्राण्डको बिक्रीवितरण उत्कृष्ट बिक्री परामर्श र अत्याधुनिक बिक्रीपछिको सेवाएवं स्पेयर्स सपोर्टमार्फत् गरिनेछ ।

हामी निरन्तर सहकार्य गरिरहने छौं र नेपालमा टिभिएस मोटर कम्पनीलाई मजबुत टू–ह्वीलर ब्राण्ड बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।”

मोटरसाइकलको गुणलाई नियाल्दा टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसनमा १५९.७सिसिको सिंगल सिलिण्डर, ४ स्ट्रोक, एयर–कूल्ड इन्जिन जडान गरिएको छ र यसले ६५००(+ ३००) आरपिएममा १३.०३ एनएमको टर्कका साथ ८५०० आरपिएममा १५.१२ पिएसको अधिकतम शक्ति उत्सर्जन गर्दछ ।

यसका अतिरिक्त मोटरसाइकलले शक्तिरवजनको उत्कृष्ट अनुपात प्रदान गर्दछ तथा ५.१५ सेकेण्डमा ०–६० किमिप्रति घण्टाको गति दिलाउँछ । एक शक्तिशाली इन्जिन र स्टाइलिस बनावटको जोडीले मोटरसाइकललाई सम्पूर्ण सबल प्याकेजको बनाएको छ ।  टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन सबै टिभिएस जगदम्बाशोरुमहरुमाउपलब्धहुनेछ । यसको हालको बजार मुल्यरु.२,६४,९००/रहेको छ ।

टिभभिएस मोटर कम्पनीको बारेमाः

टिभिएस मोटर कम्पनी ८.५ बिलीयन युएसडलरको औद्योगीक समुह टिभिएस ग्रुपको स्वामित्य रहेको ख्यातिप्राप्त टू र थ्री ह्वीलर निर्माता हो । हामी गतिशीलता मार्फत् सर्वोच्च प्रगतिमा विश्वास राख्दछौं । हाम्रो १०० वर्षको विरासतमा जरा गाडेको उपभोक्ताहरुको विश्वास, मुल्य मान्यता र उत्कण्ठा तथा यथार्थतामा टेकेर हामीदिगो प्रगति र नवीन खोजमार्फत् उच्च गुणवत्ताको अन्तर्राष्ट्रिय रुपमा महत्वाकाँक्षी उत्पादनहरु निर्माण गर्नमा गर्व गर्दछौं ।

हामी ६० मुलुकहरुमा रहेका हाम्रा सबै सम्पर्क स्थलहरुमार्फत् अत्यन्त विहँगम ग्राहक अनुभव प्रदत्त गर्न लालायित छौं । हामी नै एकमात्र टू–ह्वीलर कम्पनीहौं, जसले प्रतिष्ठित डेमिङ्ग पुरस्कार प्राप्त गर्न सफल भएको छ । हाम्रा उत्पादनहरुले आ–आफ्ना सम्बद्ध समुहहरुमा चारवर्षदेखि एपियल सर्भे र जे.डि.पावर आइक्युएसहरुमा अग्रता हासिल गर्दै आएका छन् । हामी जे.डि.पावर ग्राहक सेवा सन्तुष्टि सर्भेमा लगातार चार वर्षदेखि नम्बर एक कम्पनीको स्थानमा अँकित छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको