Like us!
Follow us!
Connect us!
Watch us!

सलाम एयरले हप्तामा सातैदिन काठमाडौं ओमान उडान गर्ने

अर्थ संसार

आइतबार, २२ भदौ २०७६, १९ : ०३ मा प्रकाशित

सलाम एयरले हप्तामा सातैदिन काठमाडौं ओमान उडान गर्ने

अर्थ संसार, काठमाडौं – नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपालमा पर्यटक भित्र्याउने एउटा महत्वपूर्ण माध्यमहवाई सेवा रहेको परिप्रेक्षमा सहजरुपमा पर्यटक भित्र्याउन सलाम एयरले आफ्नो काठमाडौं उडानमा हालको हप्ताको तीन दिनबाट बढाएर सातै दिन उडान शुरु गर्ने भएको छ ।

सलाम एयरको नेपालजी एसएआइएमई ट्राभलद्वारा आइतबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा उक्त विषयमा जानकारी प्रदानग रिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् माननीय संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले सलाम एयरकोउ क्त निर्णयले ‘ पर्यटन वर्ष २०२० ’ लाई सफलबनाउन सहयोग पुर्याउने बताउनु भयो । नेपालमाआउने पर्यटकहरूको संख्यामावर्षेनी वृद्धि हुँदै गएको बताउँदै मन्त्री भट्टराईले ‘पर्यटन वर्ष २०२०’ को अवसरमा एयर लाइन्स कम्पनीहरूको व्यापार–व्यवसायप्रवद्र्घनमाथप योगदानपुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सलाम एयरको सेवा विस्तारपछि वैदेशिक रोजगारीका क्रममा मध्यपूर्व लगायत विश्वमा रहेका नेपालीदाजुभाई दिदीबहिनीहरूलाई थप सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै विदेशी पर्यटक भित्र्याउन समेत महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सलाम एयरको सेवा विस्तारसँगै आगामी वर्ष एक लाख (१ लाख ) पर्यटकलाई सेवा दिने कम्पनीले लक्ष्य लिएको बताउनुभयो । सलाम एयरका कमर्सीयल डाइरेक्टर माजीन अल सलमानीले मध्यपूर्वमा धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका र नेपाल आफैंमा महत्त्वपूर्ण पर्यटकीय गन्तब्य मुलुक भएको कुरालाई ध्यानदिएर आइएमई ग्रुपसँगको सहकार्यमा हवाई सेवा विस्तार गरिएको जानकारी दिए । सलाम एयरका हेड अफ सेल्स मोहम्मदअल देसुकीले आइएमई ट्राभल जस्तो विश्वसनी यव्यवसायीक साझेदार नेपालमा पाइएकाले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न सहजहुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पर्यटन सचिव केदार बहादुर अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राजजोशी, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङ्ग लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एक्सेल, हार्भेस्ट मुन, हेल्लो, लाइट, मेचीकाली, मुस्कान, वोपन वे, प्रयास, रसिता र सी लिंकगरि कुलदश (१०) ट्राभल एण्ड टुर्स एजेन्टहरुलाई सम्मानित गरिएको थियो । नेपालको पर्यटन प्रवद्र्घनमा सवैलाई प्रोत्सान मिलोस् भन्ने मुख्य उद्देश्यका साथसलाम एयरले आफ्नो काठमाडौं उडानको एक वर्ष पुग्नै लागेको अवसर पारेर दशट्राभल एजेन्सीहरुलाई सम्मानित गरिएको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जानकारी दिनुभयो ।

सलाम एयरको वारेमा :

ओमानको पहिलो बजेट क्यारिअरका रुपमा सन् २०१६ मा स्थापित सलाम एयरलाइन्सले आफ्नो गरिमालाई उच्चबनाउँदै व्यवसायि कक्षमतामा वृद्धि गरेको छ । दिनानुदिन विभिन्न गन्तब्य थपिनुले पनि यस कुरालाई पुष्टि गर्दछ ।ओमान मै ए३२० एनईओ भित्र्याउने पहिलो हवाई सेवा प्रदायकका रुपमा रहेको सलाम एयरले यसै वर्ष ६ वटा थप र २०२० सम्ममा २० वटा जहाज पुर्याउने लक्ष्यलिएको छ । हालसम्ममा २० वटा गन्तब्य रहेको यस एयरलाइन्सले निकट भविष्यमा नै आफ्ना थप गन्तब्यको घोषणा समेत गर्दैछ ।

सुरक्षानीतिलाई शून्य सहन सिलताका रुपमालिँदै यात्रुहरुको सन्तुष्टिलाई आफ्नो व्यवसायिक धर्मकारुपमा लिइएको छ । ओमानको राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने हेतुले आर्थिक अभिवृद्धि, रोजगारी सृजना र पर्यटन विकासका लागि आफूलाई सेतुको रुपमा उभ्याउन सफलभएको छ । विभिन्न देशमा जीएसएमार्फत आफ्नो सेवालाई विस्तार गर्दै आएको सलाम एयरले नेपालमा आईएमई ग्रपद्वारा प्रवर्दित आईएमई ट्राभल्सलाई जीएसए तोकेको छौं ।
धन्यवाद !

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको