Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा १ अर्ब ५६ करोडको कारोवार

अर्थ संसार

शनिबार, २८ भदौ २०७६, १८ : ३० मा प्रकाशित

शेयर बजारमा १ अर्ब ५६ करोडको कारोवार

अर्थ संसार, काठमाडौं-  धितोपत्र बजारमा यस साता पनि शेयर कारोवार मापक नेप्से आरोलो लाग्ने क्रम जारी रह्यो । साताभर बजार ‘बियरिस ट्रिन्ड’ मा रहँदा लगानीकर्ताले नराम्ररी गुमाए । साताभरिमा नेप्से ३३.१९ अङ्कले घट्यो । बजार लगातार ओरालो लाग्दा लगानीकर्ताको सहभागिता पनि घट्यो ।

 साताभर कूल १७३ कम्पनीको ६६ लाख ५५ हजार १६४ कित्ता शेयर रु एक अर्ब ५६ करोड तीन लाख ९९ हजार बराबरको कारोवार भयो । गत बिहीबार अर्थात् यही भदौ १९ गते नेप्से ३.७ विन्दुले घटेर एक हजार १९१.०७ विन्दुमा पुगेर बन्द भएको बजार साताको पहिलो दिन पनि घट्दो क्रममा नै शुरु भएको थियो ।

 नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । परिसूचक १२.६१ विन्दुले घटेर एक हजार १७८.४६ मा झर्यो । नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहन पुग्यो । कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर रु ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोवार भयो ।

 सोमबार पनि बजारको अवस्था उस्तै रह्यो । त्यस दिन कूल १७३ कम्पनीको १४ लाख २८ हजार ८३८ कित्ता शेयर रु २९ करोड ९२ लाखमा कारोवार भयो ।

 साताको तेस्रो दिन पनि नेप्से ओरालो लाग्यो । सो दिन नेप्से २.२४ विन्दुले घटेर एक हजार १६६.६७ विन्दुमा झर्यो । कूल १७२ कम्पनीको नौ लाख ९२ हजार १२२ कित्ता शेयर रु २३ करोड ७९ लाख ५९ हजार ६५३ मूल्यमा खरीद–बिक्री भए ।

 बुधबार पनि बजार सम्हालिन सकेन । सो दिन नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ । सो दिन कूल १७१ कम्पनीका १५ लाख तीन हजार ९२८ कित्ता शेयर रु ३४ करोड १७ लाख ४५ हजार १३६ मा कारोवार भयो ।

 यस्तै साताको शुरुआतदेखि नै ओरालो लागेको धितोपत्र बजार अन्तिम दिन पनि पनि नेप्से दबाबमा पर्यो ।  सो दिन नेप्से परिसूचक ५।३३ अङ्कले घटेर एक हजार १५७.८८ पुग्यो । कूल १६८ कम्पनीका १५ लाख ५६ हजार ७९० कित्ता शेयर रु ३७ करोड ६१ लाख ८४ हजार ४९१ मा खरीद–बिक्री भए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको