Like us!
Follow us!
Connect us!
Watch us!

गुण्डागर्दी गर्नेलाई कारवाही गर्नुपर्छःसभापति देउवा

अर्थ संसार

आइतबार, २९ भदौ २०७६, ०७ : ४३ मा प्रकाशित

गुण्डागर्दी गर्नेलाई कारवाही गर्नुपर्छःसभापति देउवा

अर्थ संसार, कोहलपुर-नेपाली काङ्गेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको जागरण अभियान कार्यक्रममा गुण्डागर्दी गर्नेलाई तत्काल कारवाही गर्न सरकारसंग माग गर्नुभएको छ ।

‘जागरण अभियान’ अन्तर्गत आज कोहलपुरमा आयोजित कार्यकर्ता भेला तथा सम्वाद कार्यक्रममा उहाँले केही दिन अघि बाँकेको खजुरामा नेपाली काङ्ग्रेसले गरेको जागरण अभियान कार्यक्रममा केही व्यक्तिले प्रवेश गरेर गुण्डागर्दी शैलीमा आक्रमण गरी अप्रजातान्त्रिक गतिविधि मच्चाउनेलाई तत्काल पक्राउ गरेर कारवाही गर्न सरकारसंग माग गर्नुभएको हो ।
 
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले सो आक्रमणमा काङ्ग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँच्ने व्यक्तिका विरुद्धमा जाहेरी दिँदा पनि प्रहरीले यो घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउनुभयो ।

“यदि प्रशासनले यो घटनालाई गम्भीरतापूर्वक नलिए राजनीतिक आडमा अप्रजातान्त्रिक गतिविधि गर्ने तत्वलाई ठेगान लगाउन काङ्ग्रेस तयार छ”, उहाँले भन्नुभयो, “प्रहरी प्रशासन कुनै पनि राजनीतिक दल निकटको नभई आफ्नो उत्तरदायित्व बहन गर्नतर्फ लाग्नुपर्छ ।”

सभापति देउवाले जनताको करबाट पारिश्रमिक बुझ्ने प्रहरी अधिकृत तथा सिडियोले संविधान र ऐन बमोजिम कार्यसम्पादन गर्नुपर्छ भन्दै बाँके घटनामा संलग्नलाई कारवाही नभएसम्म काङ्ग्रेस कडा रुपमा प्रतिवाद गर्ने चेतावनीसमेत दिनुभयो ।

सो घटनाका सम्बधमा नेपाल कम्युनिष्ट पार्टी बाँकेले प्रेस विज्ञप्ति प्रकाशित गरी घटनालाई राजनीतिकरण नगर्न आग्रह गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको