Like us!
Follow us!
Connect us!
Watch us!

ईन्द्रजात्राको अवसरमा प्रदर्शनमा उत्रिँदा पक्राउ परेकाहरुलाई बिनाशर्त तत्काल रिहाई गर्न माग

अर्थ संसार

आइतबार, २९ भदौ २०७६, १६ : ४५ मा प्रकाशित

ईन्द्रजात्राको अवसरमा प्रदर्शनमा उत्रिँदा पक्राउ परेकाहरुलाई बिनाशर्त तत्काल रिहाई गर्न माग

अर्थ संसार, काठमाडौं– बैद्धिक सनातनहिन्दू अधिराज्य स्थापनार्थ महाअभियानले ईन्द्र जात्राको अवसरमाप्रदर्शनमाउत्रेका बेलापक्राउ परेकाशिवसेना नेपालकाअध्यक्षअनिल बस्नेत (बाबा) लगायतमानव सेवक, रविन्द्र कार्की (डब्बु), कृष्णबहादुर खड्का, राजेश तामाङ, हरिनारायण प्रसादशाह, रघुराज राजभण्डारी, नारायण अर्याल, पारुहाङ उजुमी राई, कर्णवीर बस्नेतको तत्कालबिनाशर्त रिहाईको माग गरेको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै महाअभियानले यस्तो माग गरेको हो । महाअभियानले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘एकातर्फ सिंगो सरकार, सरकार प्रमुखआफैं संलग्नभई विदेशीधर्मको प्रचारमा संलग्नहुने,सरकार आफैं होलिवाईन विवरण गर्दै हिँड्ने, नेपालका देशभक्तदलितदाजुभाईहरुलाई खुलेआमधर्म परिवर्तन गर्न आह्वानगर्ने, पुर्व प्रधानमन्त्रीबाबुराम भट्टराईलाई कारवाहीगर्नुको सट्टा सम्मानितगर्ने अनिअर्कोतर्फ नेपालको संविधानप्रदत्त, विनाहातहतियार, सभा सम्मेलन, शान्तिपूर्ण विरोध, नाराजुलुस गर्ने निहत्ताधर्म, संस्कृति रक्षकमाथिक्रुरता देखाउने यस भ्रष्ट सरकारको कामकारवाहीको बैदिक सनातनहिन्दू अधिराज्य स्थापनार्थ महाअभियान घोर भत्र्सनागर्दछ साथै गिरफ्तार गरिएकाअभियान्ता, धर्मरक्षक तथा सर्वसाधरण माथि मुद्दा चलाउने जुनप्रपञ्च सुरु भएको छ ।

त्यसतर्फ हाम्रो गम्भिर ध्यानाकार्षण भएको छ । यदि सरकार तल्लो स्तरको षड्यन्त्रमा उत्रन्छ र पक्राउ परेकानिर्दोष व्यक्तिहरुलाई तत्कालविनाशर्त रिहागर्दैन भने त्यसबाट उत्पन्नहुने परिणामको लागि स्वयम राज्यजिम्मेवार हुनेछ ।’

महाअभियानले वैदिक सनातनधर्म र संस्कृति रक्षार्थको लागि काठमाडौं उपत्यकावासीको समर्थन र सहयोगले वर्तमान भ्रष्ट जग्गामाफिया सरकार घुडा टेक्नबाध्यभएको दाबी गरेको छ । विज्ञप्तीमा थपभनिएको छ,‘यो निकम्माविदेशीको कठपुतली सरकार अर्को बहानामापुनःधर्म, संस्कृति रक्षकहरुमाथिदमनगर्न खोज्दैछ । तसर्थ, मुलुकको धर्म, संस्कृति, संस्कार जोगाउनगिरफ्तार गरिएका सम्पूर्ण धर्म, संस्कृति रक्षकहरुको रिहाईको लागिहार्दिक अपिलगर्दछौं ।’ महाअभियानले नेपालका सांस्कृतिकपर्वमाहुने नेपाल सरकारको सहभागितालाई बहिष्कार गर्ने जनाएको छ । त्यस्तै, उपत्यकाको सभ्यता संस्कृति र संस्कार जोगाउनपनि एकताबद्ध हुनमहाअभियानको अपिल छ ।

कार्यक्रममाबरिष्ठ राजनीतिकविश्लेषक डा. केबी रोकाया, बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराई, बरिष्ठ पत्रकार अनिल योगी, विश्वहिन्दू महासंघ अन्तर्राष्ट्रियकी महासचिवअस्मिता भण्डारी, पूर्नउत्थान पार्टीका संयोजकशेखरजंग रायमाझीलगायतले पक्राउ परेकाहरुको तत्कालबिनाशर्त रिहाईको माग गरेकाथिए ।

बरिष्ठअधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागीहुने अधिकार नभएको बताए । उनले भने,‘धर्मको जर्गेनालाई जेल होईन, धर्ममाथिजथाभावीगर्नेलाई बरु जेल हाल्नुपर्छ ।’
भट्टराइले अफ्रिकीमुलुककब्जागर्न जादा टुटुले भनेको कुरा उल्लेख गरेकाथिए । उनले यसरी सुनाए,‘गोरासंग बहुदल छ, अफ्रिकीसंग जमिनअफ्रिकीलाइआखाचिलीभन्दाअफ्रिकीको हातमाबाइबल र गोराको हातमाजमिनभएको थियो । यो सम्बोधनबाट सुरु गर्दै संबिधानमाधर्मनिरपेक्ष लेखिएको छैन । र, विद्यादेवीजीको धर्म होला केपीओलीजीको धर्म होला तर प्रधानमन्त्री, राष्ट्रपतिको धर्म हुदैन् । उनीहरु देशको हुन् ।’

भट्टराईले वर्तमान सरकारलाई राष्ट्रघातीको संज्ञा दिए । उनले राप्रपाकाअध्यक्षकमलथापासमेत यी नेताहरुको प्रबक्ताभएर निस्केको आरोप लगाए । उनले भने,‘त्यहीभएरआजगाइ मर्दापनिउनीबोलेनन् ।’त्यस्तै, डा. केबी रोकायाले यसरी पक्राउगर्नु संविधानको उल्लंघन भएको टिप्पणीगरे । उनले भने,‘उहाँहरुलाई बिनाशर्त रिहाई गर्नुपर्छ । कोहीचियापिउँदै गरेकाहरु पक्राउ परेका छन् । यो अलोकतान्त्रिक कुरा हो ।’ सरकारको यो कदमले मानवअधिकारको हननभएको उनको गुनासो छ । उनले भने,‘कालो झण्डा देखाउँदा सरकारले आतंककारी व्यवहार देखायो ।’

कार्यक्रममाकिशोरी महतोलेआफू सधैं राजसंस्थाको पक्षमा रहेको सुनाउँदै यसको पूर्नस्थापनाको लागि सधैं लड्ने प्रतिबद्धता जनाए । उनले भने,‘राजसंस्थापूर्नस्थापनाको लागि म सरकारसित लड्न चाहन्छु।’विश्वहिन्दू महासंघ अन्तर्राष्ट्रियकी महासचिवअस्मिता भण्डारीलेपनिपक्राउ परेकाहरुकोबिनाशर्त रिहाईको मागगरिन् । उनले ८३ प्रतिशतओमकार परिवार अबआन्दोलनमाहोमिने पनि चेतावनीदिईन् ।

भण्डारीले वर्तमान सरकारलाई राष्ट्रघातीको संज्ञा दिँदै सरकारले अभद्र ब्यबहार गरेको आरोप लगाईन् ।  उनले भनिन्,‘हिरासतमा रहेको व्यक्तिहरुलाई तुरुन्तै बिनाशर्त निकाल्नु पर्छ । प्रहरीले चियाखानजमभनेर लिएर गएका मान्छेहरुलाई हिरासतमाहालिएको छ । यो एकदमअभद्र ब्यबहार हो ।’

उनले सरकारसँग हिम्मतभए सबै हिन्दूहरुलाई समातेर देखाउनचूनौतिदिएकी छिन् । उनले भनिन्,‘यो होलीवाईन खाएको सरकार हो, हाम्रो रास्ट्रपति संबैधानिकहुन, उनीकार्यकारी हैनन् । हामीले हाम्रो धर्मको रक्षाकाको लागि बिरोध गर्न पाउछौ । उनले प्रहरी प्रशासनलाई पनिआफ्नो मर्यादा र आचरणमा बस्न चेताबनीदिएकी छिन् ।

सामाजिकअभियन्ताअनिलकुमार योगीले धर्मनिरपेक्षताबनाउदामुलुकलाई के उपलब्धि हुन्छ ?भन्दै प्रश्न गरे । उनले भने,‘राजसंथा हटाएपछि के परिबर्तन भएको छ ।जनताले राजसंस्था र हिन्दुधर्म असल नेपालीको चाहनाहो, हामीलाई राजसंस्था चाहिन्छ । राजसंस्थाको अभिभाबकद्वारा देश चलाउन र नेतृत्वगर्नुपर्ने आवश्यक छ ।’
उनले नेपालका नेताहरु अयोग्यभएको पनिदाबी गरे । उनले मुलुकमा राजसंस्थाभएअहिलेकोजस्तो लाजमर्दो अवस्थानहुने जिकिर गरे ।

पूर्नउत्थान पार्टीका संयोजकशेखरजंग रायमाझीलेवर्तमान सरकारले एकदमदमनकारी कदमचालेको भन्दै विरोध गरे । पक्राउ परेकाआफ्ना साथीहरुलाई तत्काल रिहाईको गरे ।शिव सेना नेपालका बरिष्ठ नेताबिक्रमबमले पनिपक्राउ परेकाहरुको रिहाईको माग गरे । उनले अहिलेपनिव्यवस्थामात्रै बदलिएको तर नियतनबदलिएको जिकिर गरे । शिवसेना नेपालका सह–संयोजकदिनेश कँडेल, शिवसेना नेपालकी सचिवसिर्जनावाग्ले र नगेन्द्र देउजाले पनिआ–आफ्नो धारणा राखेकाथिए ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको