अर्थ संसार, काठमाडौ – कैलालीको टीकापुरस्थित उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रामबहादुर भण्डारी विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी ध्रुवराज खत्रीलाई २२१ मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा विजयी हुनुभएको हो । भण्डारीले ५४१ मत प्राप्त गर्नुभएको छ भने खत्रीले ३२० मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपाध्यक्ष वाणिज्यतर्फ चक्रपाणि सापकोटा र उपाध्यक्ष उद्योगतर्फ जगतराज चौधरी विजयी हुनुभएको छ ।
महासचिवमा तपेन्द्र स्वाँर, सचिवमा गणेश रेग्मी, कोषाध्यक्षमा कमल चौधरी विजयी हुनुभएको छ ।
महिला सदस्यमा शिला सापकोटा, जनजाति सदस्यमा जितबहादुर चौधरी ९पन्छी०, दलित सदस्यमा अमित टमटा नेपाली, विजयी हुनुभएको छ । खुला सदस्यमा नवराज रिमाल, तपेन्द्र कुँवर, मानबहादुर ठकुल्ला, रामबहादुर साउद, टेकबहादुर सोडारी, जीवन गौचन, सन्तोष खड्का र हिक्मत रावल विजयी हुनुभएको निर्वाचन अधिकृत धनबहादुर शाहीले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले मतदातालाई धन्यवाद दिँदै व्यापारीको सुझावका आधारमा काम गर्ने बताउनुभयो । शनिबार भएको चुनावमा एक हजार दुई मतमध्ये ९१६ मत खसेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस