Like us!
Follow us!
Connect us!
Watch us!

लोक सङ्गीतको संरक्षणमा काम गर्छु : अध्यक्ष गुरुङ

dibesh

सोमबार, ०६ असोज २०७६, १३ : ४६ मा प्रकाशित

लोक सङ्गीतको संरक्षणमा काम गर्छु : अध्यक्ष गुरुङ

अर्थ संसार, काठमाडौ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशका नवनिर्वाचित लोक दोहोरी गायक सुरेन्द्र गुरुङले नेपाली लोकगीतको समग्र विकासका लागि आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।  

प्रथम अधिवेशनबाट अध्यक्षको जिम्मेवारी ग्रहण गर्नुभएका गुरुङले गण्डकी प्रदेश लोकसंस्कृतिको राजधानी भएकाले यसभित्र देखिएका विकृति–विसङ्गतिलाई चिर्दै लोक सङ्गीतमा देशको पहिचानलाई अन्तर्राष्ट्रियजगत्मा पु¥याउन आफ्नो नेतृत्वको टोली लाग्ने बताउनुभयो । 

उहाँले राससलाई प्रतिक्रिया दिँदै कलाकार कल्याणकारी कोषलाई रु चार लाखबाट ११ लाख १०० पु¥याउने लक्ष्य आफूले लिएको बताउनुभयो । विभिन्न समयमा हुने मेला महोत्सवमा कलाकारको पारिश्रमिकमा विचौलियाहरुको चलखेललाई निरुत्साहित गरेर लोक कलाकारको उचित पारिश्रमिक र हकहितमा काम गर्ने  पनि उहाँले बताउनुभयो । 

अध्यक्ष गुरुङले समग्र लोकसङ्गीतको विकास र कलाकारको हकहितको पक्षमा आफू निडर र निर्भिक रुपमा लागिपर्ने बताउँदै अहिले गण्डकी प्रदेशको पोखरामा मात्रै ३० वटा दोहोरी साँझ रहेको जानकारी दिनुभयो ।

सो अधिवेशनले वरिष्ठ उपाध्यक्षमा पूर्ण परियार, प्रथम उपाध्यक्षमा केशव देवकोटा र द्वितीय उपाध्यक्षमा आरसी पौडेल, महिला उपाध्यक्षमा माया गुरुङ, सचिवमा राजन कार्की र महिला सचिवमा मञ्जु विक तथा सहसचिव ज्योति लोहनीलाई सर्वसम्मत चयन गरेको छ ।

 तस्विर श्रोत : निजि फेसबुकबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको