Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीले घोषणा गरे बम्पर लाभांश, कुनको कति लाभांश ?

अर्थ संसार

मंगलबार, ०७ असोज २०७६, ०८ : २९ मा प्रकाशित

तीन कम्पनीले घोषणा गरे बम्पर लाभांश, कुनको कति लाभांश ?

अर्थ संसार, काठमाडौं-  तीन कम्पनीले लाभांश घोषणा गरेका छन् । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड,  सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले घोषणा गरेका हुन् ।
कुनको कति लाभांश ?

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

भदौ २९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १६ करोड ५० लाख रहेको छ ।

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट ८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

असोज २ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले ७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १५ करोड ८ लाख ८३ हजार रहेको छ ।

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड

 संस्थाले गत आवको मुनाफाबाट ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

असोज ५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ६ करोड रहेको छ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी ६ करोड ४८ लाख पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको