Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा भोजपुर नगरपालिकाको हेलौंछामा

अर्थ संसार

विहीबार, ०९ असोज २०७६, १८ : ०१ मा प्रकाशित

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा भोजपुर नगरपालिकाको हेलौंछामा

अर्थ संसार, काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवाविस्तार गरेको छ ।

यसै क्रममा बैंकले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौं छामा यहि असोज मंगलबार शाखारहित बैंकिङ्ग सेवाआरम्भ गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घ घाटन जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंक बहादुर तामाङ, भोजपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कुमार राई तथा सोही नगरपालिका वडा नं. १ का अध्यक्ष बिष्णु कुमार भुजेलले दिपप्रज्वलन गरी संयुक्त रुपमाउ द्घाटन गर्नु भएको छ । उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मी किराना पसलकाप्रोप्राइटर  सन्तोष कट्वाललाई व्यवसायिक प्रतिनिधिनि युक्त गरिएको छ ।

उक्त शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिलभुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदानगर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रतिविश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिमव्यवस्थापनएवमगुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको