Like us!
Follow us!
Connect us!
Watch us!

शिव परियारको स्वरमा 'निष्ठुरी'

मिलन खड्का

शुक्रबार, १० असोज २०७६, २० : ३४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–संचारकर्मी रवि अधिकारीको शब्द रहेको 'आँशुको अर्थ' र 'आँशुको अर्थ 'भाग २' को अपार सफलता पछी नयाँ गीत सार्वजनिक भएको छ । अधिकारीको शब्द र सुगम संगीतका बादशाह शिव परियारको आवाजमा रहेको 'निष्ठुरी' बोलको गीत सार्वजनिक भएको छ ।

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित) 

माया, प्रेम र धोकाको कथा बोकेको 'निष्ठुरी' बोलको उक्त गीत शुक्रबार बिहान  नमस्ते फिल्मीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सार्वजनिक गीतमा दीपक शर्माको संगीत र रिदम  कँडेलको संगीत संयोजन रहेको छ ।

गीतले मायाको अर्थ नभुझी धनको पछी लाग्ने एक युवतीको कथा बोकेको छ । गीतमा उत्सव र स्नेहा प्रेमी प्रेमिका हुन्छन् । पछी स्नेहाको भेट सफल उद्योगपती जनकसँग हुन्छ र उनले उत्सवलाई छोड्छन् । एक सामान्य युवा उत्सव पछी नेपालको सुपरस्टार गायक बन्छ । उता स्नेहाले धनको पछी लाग्द धोका पाउछे र फेरी उत्सवको जीवनमा फर्किन चाहदा उत्सवले अस्विकार गर्छन् ।    

गीतको भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपालिया र सुशान्त कुमार श्रेष्ठ लगायत फिचर्ड रहेका छन् । सशान कँडेलले निर्देशन  गरेको भिडियोलाई नबराज उप्रेतीले खिचेका हुन् भने बिकास धमलाले सम्पादन गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको