अर्थ संसार, बुचरेस्ट–रोमानीयाको राष्ट्रपति पदका लागि शुक्रबारसम्ममा १४ जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय निर्वाचन विभागले शुक्रबार दिएको जानकारी अनुसार १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेद्वारी दर्ता गराउनेमा वर्तमान राष्ट्रपति क्युस इओहान्नीस र प्रधानमन्त्री मिनिस्टर भिओरिका डान्सीला पनि हुनुहुन्छ । रोमानीयामा यही आउदो १० नोभेम्बर २०१९ मा राष्ट्रपति चयनका लागि मतदान हुने तय भएको छ ।
पहिलो चरणबाट एउटै उम्मेदवारले बहुमत ल्याउन नसकेमा पहिलो चरणको मतदानबाट छानिएका दुई उम्मेदवारकाबीचमा २४ नोभेम्बरमा प्रतिश्पर्धा हुने निर्वाचन विभागले जनाएको छ ।
उम्मेदवारी दर्ता गर्नु भन्दा अगाडीका केहीदिनसम्म २० जना भन्दा बढीले राष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्ने बताएका थिए ।
उम्मेदवार बन्नका लागि दुई हजार जनाको हस्ताक्षर चाहिने भएकाले कतिपयले हस्ताक्षर पु¥याउन नसकेर उम्मेदवारी दिन नपाएको बताइएको छ । वर्तमान राष्ट्रपति सन् २०१४ मा पहिलो पटक निर्वाचित हुनुभएको हो ।
राष्ट्रपतीय निर्वाचनका लागि अक्टोबर १२ तारिखदेखि औपचारिक रुपमा प्रचारप्रसार सुरु हुने तय भएको छ । रोमानीयाको राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस