अर्थ संसार, काठमाडौ – पूर्वसभामुख सुवास नेम्वाङले जनताको मन जितेर संविधान परिमार्जन गर्न सकिने बताउनुभएको छ । उहाँले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताउनुभयो ।
आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङले संविधान परिवर्तनीय भएकाले कुनै पनि बेला संशोधन गर्न सकिने बताउनुभयो । वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उहाँको भनाइ थियो । ठूलो प्रयास र लामो सङ्घर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेता नेम्वाङले बताउनुभयो ।
जिल्लामा विद्युत् र यातायातको सुविधा पुर्याउन आफू प्रयत्नशील रहेको उहाँले बताउनुभयो । “विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन”, नेता नेम्वाङले भन्नुभयो, “अहिले कति विकास भएको छ आफै देख्न सकिन्छ ।” जिल्लाका सबै घरमा विद्युत् पुर्याउन आफू प्रयत्नरत रहेको उहाँको भनाइ थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस