Like us!
Follow us!
Connect us!
Watch us!

दक्ष जनशक्तिको अभावले शव परीक्षण गृह प्रयोगविहीन

dibesh

सोमबार, २७ असोज २०७६, १२ : १० मा प्रकाशित

दक्ष जनशक्तिको अभावले शव परीक्षण गृह प्रयोगविहीन

अर्थ संसार, काठमाडौ – जनशक्ति नहुँदा सोताङमा निर्माण भएको शव परीक्षण गृह प्रयोगविहीन बनेको छ । सोताङ गाउँपालिकाको स्वास्थ्यचौकीमा निर्माण भएको परीक्षण गृह दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको हो । प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को पूर्वाधार निर्माणअन्तर्गतको रु पाँच लाखबाट उक्त गृह निर्माण गरिएको थियो । परीक्षणको लागि आवश्यक सम्पूर्ण उपकरण भए पनि कर्मचारी नभएको गाउँपालिका स्वास्थ्य संयोजक श्री ध्वज राईले बताउनुभयो । डाक्टरले तालीम लिएपछि मात्र परीक्षण गर्न पाउने भएकाले अहिले सेवा दिन नसकिएको राईको भनाइ छ ।

प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा एमबीबीएस डाक्टरको दरबन्दी भए पनि मेडिकोलिगल तालीम नलिएको स्वास्थ्य संयोजक राईको भनाइ छ । तालीम नलिएका डक्टरले पनि परीक्षण गर्न सक्ने भए पनि कानूनी जटिलताका कारण सेवा प्रदान नगरिएको बताइएको छ ।

कुनै पनि अप्रिय घटनापछि शव परीक्षण गर्नुपरेमा जिल्लाको एक मात्र फाप्लु अस्पताल ल्याउनुपर्ने बाध्यता छ । कोशी पारीको दुई गाउँपालिकाले सेवा लिने गरी सोताङमा निर्माण भएको परीक्षण गृह प्रयोग नहुँदा त्यस क्षेत्रका नागरिकको समस्या जस्ताको तस्तै रहेको स्थानीय ठेरबहादुर कार्कीले बताउनुभयो ।

त्यस क्षेत्रमा सडक पहुँच पुगेको भए पनि निरन्तर सञ्चालन नहुँदा परीक्षण गर्नुपर्ने शव बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । गाडी चलेको बेलामा पनि शबबहान नहुँदा महँगो भाडा तिर्नुपर्ने गुदेलका युमन खालिङले बताउँनुभयो । जीपले २२ किलोमिटर सडकमा मात्रै शव बोक्नको लागि रु ३५ हजारसम्म लिने गर्छन् तर सोताङ क्षेत्र पुग्नको लागि सदरमुकामदेखि करीब ६० किलोमिटर भन्दा बढी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको