Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप छनोट : नेपाल जोर्डनसँग पराजित

dibesh

बुधबार, २९ असोज २०७६, ११ : ०७ मा प्रकाशित

अर्थ संसार, काठमाडौ – कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको समूह बी को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

जोर्डनको अम्मान अन्तरराष्ट्रिय रङ्गशालामा गएराति भएको खेलमा जोर्डनसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खायो । जोर्डनको जितमा फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले एक/एक गोल गरे ।

खेलको ५६औँ मिनेटमा फेरासले पेनाल्टीमार्फत एक गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै फेरासले गोल गरेका थिए ।

यस्तै खेलको ८७ औँ मिनेटमा अहमेदले गोल गर्दै जोर्डनलाई दुई शून्यको अग्रता दिलाए भने खेलको ८८औँ मिनेटमा फैसलले हेड गोल गर्दै जोर्डनलाई ३–० को सहज जित दिलाए ।
 
 समूह बीमा अस्ट्रेलिया नौ अङ्कका साथ शीर्षस्थानमा छ भने सात अङ्क जोडेको जोर्डन दोस्रो स्थानमा छ । चार अङ्क बनाएको कुवेत तेस्रो, तीन अङ्क बटुलेको नेपाल चौथो तथा एक अङ्क पनि बटुल्न नसकेको चाइनिज ताइपेइ अङ्क तालीकाको अन्तिम स्थानमा छ ।

(भिडियो : खेलको हाइलाइट्स हेर्नुहोस्)

5da6aa3163cee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको