Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा सुन तस्करी मौलाउँदै

आइतबार, ०८ फागुन २०७३, १९ : १३ मा प्रकाशित

नेपालमा सुन तस्करी मौलाउँदै

अर्थ संसार 
काठमाडौँ– पछिल्लो समय नेपालमा सुन तस्करीहरुको सञ्जाल फैलिदै गएको छ । तल्लो तहादेखि माथिल्लो तहसम्ममा सुन तस्करीमा लाग्न थालेका छन् । सामान्य व्यापारि देखि माथिल्लो पदका सुरक्षा कर्मीहरु मिलोमतोमा सुन तस्कर गरिन्छ ।

 जसको परिणामस्वरुप  दिनदिनै नेपालमा स्वदेशी तथा विदेशी सुन तस्करीहरु पक्राउ पर्न थालेका छन् । आइतबार मात्रै डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

एअर अरेवियाको जहाजमार्फत संयुक्त अरब इमिरेट्स(युएई)को दुबईबाट आइतबार मध्याह्न १२ बजे नेपाल आएका ३५ वर्षीय कश्यप कान्तिलाल पक्राउ परेका हुन् । भन्सार जाँचका क्रममा आधा÷आधा किलोको दुईवटा सिक्री र आधा किलोको सुनको बाला लगाएको अवस्थामा उनलाई पक्राउ गरिएको विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले जानकारी दिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको