अर्थ संसार, काठमाडौं–रुसमा सम्पन्न आठौं एशिया व्यासिफिकयोङ्ग साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपाली युवा वैज्ञानिकहरुले गोल्ड सहित तीन पदक जितेका छन् । २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपालीयुवा वैज्ञानिकहरुले पदक जितेका हुन् ।
नेपालको तर्फबाट सहभागी विभिन्न कलेजका ९ विधार्थीमध्ये साउथ वेस्र्टन स्टेट कलेज बसुन्धराका बिधार्थी स्वराजसागर प्रधानले गोल्ड मेडल जितेका छन् ।प्रधानले २३ मुलुकका प्रतिष्पर्धीलाई जित्दै स्वर्ण पदक जितेका हुन् ।
प्रधानले युज अफमाइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाईस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस बिषयमा आफ्नो प्रस्तुती दिएकाथिए ।
यस्तै अस्मिता स्कुलकीदिक्षा संजेल र काठमाण्डौं मोडेल कलेजका ऋषीकुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन् ।
रुसमा यहि अक्टोबर १४ देखि १९ सम्म आठौं एशिया प्यासिफिकयुवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मलेन आयोजना भएको थियो । नेपाल पोलिमर इन्ष्टिच्यूट काठमाडौंको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका ९ नेपाली बिधार्थीले प्रस्तुती दिएकाथिए ।
गतमहिना नेपाल पोलिमर इन्ष्टिच्यूटको आयोजनामा भएको राष्ट्रियस्तराको चौथो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विद्यामा उत्कृष्ट भएका विधार्थीलाई उक्त सम्मेलनमा पठाईएको थियो । सम्मेलनमा विश्वभरका २३ राष्ट्रका युवा वैज्ञानिकहरुले प्रतिस्पर्धा गरेका थिए ।सम्मेलनबाट नेपाली वैज्ञानिकको टोली सोमबार स्वदेश फर्किएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस