Like us!
Follow us!
Connect us!
Watch us!

कर्पाेरेट सुपर सिक्सेस ‘सिजन - ६’ को मुख्य प्रायोजक माछापुच्छ्रे बैंक

अर्थ संसार

मंगलबार, ०५ कार्तिक २०७६, १६ : ५१ मा प्रकाशित

कर्पाेरेट सुपर सिक्सेस ‘सिजन - ६’ को मुख्य प्रायोजक माछापुच्छ्रे बैंक

अर्थ संसार, काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा कर्पाेरेट  सुपर सिक्सेस ‘सिजन –६’  आयोजना हुने भएको छ ।

मंगलबार आयोजक एसएस इभेन्टस म्यानेजमेन्टले काठमाडौंमा  एक पत्रकार सम्मेलन गरि सम्झौंता बारे जानकारी गराएको छ ।सम्झौतामा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एसएस इभेन्टसकाका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले सम्झौता पत्रमा हस्ताक्षेर गरेका छन् ।

छैटौं संस्करणको कर्पोरेट सुपर सिक्स आगमी डिसेम्बर १८ देखी २३ सम्म टियु क्रिकेट मैदानमा हुने छ । प्रतियोगितामा २४ टोलीको सहभागिता रहने छ । खेल ५ ओभरको मात्र हुने छ । आयोजकले यस प्रतियोगिता सञ्चालन गर्न करिव ४० लाख लाग्ने अनुमान गरेको छ ।  माछापुच्छ्रेबैंकले मुख्य प्रायोजनको लागि १५ लाख रुपैयाँ दिएको छ ।

उक्त पत्रकार सम्मेलनमा बोल्दमा माछापुच्छ्रे बैंकका काप्रमु खकार्यकारी अधिकृत  सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउदै माछापुच्छ्रे रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजनागर्न लागेको जानकारी गराए ।

प्रमुख कार्यकारी अधिकृत शर्माले भने –‘पूर्वमा झापादेखि पश्चिममा महाकाली सम्म २७१ भन्दा बढि सेवा सञ्जाल मार्फत आमनागरिकको घरदैलोमा पुगेर सेवा गरिरहेको माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिग सेवामात्र नभएर अन्य थुपै कार्यहरुमा सहभागिता जनाउदै आएकोे छ,खेलकुद क्षेत्र जहिले पनि बैंकको प्राथमिकतामा रहनेछ ।’

माछापुच्छ्रे बैंक पुर्वदेखि पश्चिमसाथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४१ वटा शाखाहरु, १३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७१स्थानमा रहेका सेवा सञ्जालतथा१६३ वटा एटीएमहरुमार्फत बाट ग्राहक महानुभावहरुमा अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधाप्रदान गरीरहेको छ ।

5daee5d7ec6f4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको