अर्थ संसार, काठमाडौं–नेपालको लागि टिभिएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स मेला “टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर”को आयोजना गरेको छ । उक्त मेलाको उद्घाटन नेपाली क्रिकेट टिममा भूतपूर्व कप्तान पारस खड्काले गरेका थिए ।
यही कार्तिक १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा संचालन भएको यो मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप रु.१०,०००/- मुल्याँकनजस्ता उत्कृष्ट अफरहरु रहने थिए । मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका थिए । उक्त मेलाको आकषर्ण अझ बढाउन टि.भि.एस स्कुटरका ब्राण्ड एम्बासेडर स्वस्तिमा खड्का को पनि उपस्थिती थियो । मेला अवलोकन गर्न आएका अनेकौं व्यक्तीहरुले स्वस्तिमा खड्का संग भेट गरे भने धेरै जनाले वहाँ संग फोटो लिने अवसर पनि पाएँ ।
कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टिभिएस को नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यो अनुपम योजनाले टिभिएससँग नाता जोड्न चाहने नयाँ ग्राहकहरुलाई सुनौलो अवसर प्रदान गरेको छ भनें पुराना टिभिएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने मौका पाएका छन् ।
योजना संचालन गर्नुको उद्देश्य माथि प्रकाश पार्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशकश्री शाहिल अग्रवालले भन्नु भयो “हामीले यतिखेर ग्राहकहरुमाझ टिभिएस दशैंको दौड जस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेका छौं र यो योजना प्रति ग्राहकहरुको झुकावले हामीलाई थप हौसला पनि मिलेको छ । यसै सिलसिलामा सोही अफरकै एक हिस्सा स्वरुप यो एक्स्चेञ्ज फेयर आयोजना गरेका छौं । यो फेयरले ग्राहकहरुलाई टिभिएससँग अझ नजिक बनाउने विश्वास हाम्रो रहेको छ ।”
ग्राहकले “टिभिएस दशैंको दौड” योजना अन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सक्नेछन् भनें किन्दा १०० प्र्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् । साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सकिन्छ ।
टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जालमार्फत् आफ्ना ग्राहकहरुको मुहारमा मुस्कान फैलाउन टिभिएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस