Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको नयाँ ब्याजदर

मिलन खड्का

शुक्रबार, १५ कार्तिक २०७६, १३ : ५२ मा प्रकाशित

सनराइज बैंकको नयाँ ब्याजदर

अर्थ संसार,काठमाडौं- सनराइज बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक छ  । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज दिने भएको छ।  

त्यस्तै सनराइज बैंकको बचतमा अधिकतम ६ प्रतिशत र न्यूनतम ४ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल १७ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

साथै सनराइज बैंकले असोज मसान्तसम्मको आधारदर सार्वजनिक गरेको छ । बैंकको असोज मसान्तसम्मको आधारदर ९.९७ प्रतिशत छ । बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी १५.९७ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट रियल स्टेट, घर कर्जा, शैक्षिक धितोकर्जा, कृषि कर्जा, सुन धितो राखेर कर्जा लिँदा १५.९७ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

 

5dbbe89f7dd4b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको