अर्थ संसार,लण्डन - बेलायतमा केही दिन अगाडी कन्टेनरमा मृत अवस्थामा फेला परेकाहरु भियतनामी नागरिक भएका बेलायती प्रहरीले विश्वास व्यक्त गरेको छ ।
प्रहरी अधिकारीहरुले शुक्रबार बताएअनुसार पछिल्लो अनुसन्धानले उनीहरु सवै जना भियतनामी हुनसक्ने देखिएको बताएका हुन् ।
उपप्रहरी प्रमुख टिम स्मिथले ३९ वटा शवको अनुसन्धानबाट यस्तो निश्कर्ष निकालिएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म कुनै पनि मृतकको सनाखत भने भइनसकेको र पत्ता लगाउने प्रक्रियामै रहेको बताउनुभयो
स्मिथले आफूहरु भियतनामी सरकारको सम्पर्कमा रहेको र मृतकहरुकोे सनाखत पुष्टि गर्ने प्रमाणहरु संकलन भईरहेको जानकारी दिनु भएको छ ।
यी व्यक्तिहरुको परिचय पत्ता नलागेको, तर उनीहरुको बारेमा अनुसन्धान र प्रमाण संकलनको काम पनि भइरहेको छ, स्मिथले भन्नुभयो ।
शव भेटिएको केही समयपछि प्रारम्भिक अनुसन्धान गर्दा प्रहरीले उनीहरु सवै चिनियाँ नागरिक हुनसक्ने बताएको थियो । गत अक्टोबर २३ मा ग्रेज एसिक्समा औद्योगिक क्षेत्रमा चिसो तापक्रम हुने व्यवस्था गरिएको कन्टेनरभित्र ती ३९ वटा शव फेला परेको थियो ।
मृत्यु हुनेमा ३१ पुरुष र आठ महिला रहेका छन् । मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण भइरहेको अधिकारीहरुले जनाएका छन् । शव भेटिनुभन्दा केही समयअघि २६ वर्षीया एक महिलाले आफ्नो विदेशयात्रा असफल भएको’ परिवारलाई सन्देश पठाएकी दिएको यसअघि आएको जनाइएको थियो ।
लन्डनस्थित भियतनामी दूतावासले शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गर्दै मृतकको शव स्वदेश फिर्ता गर्नका लागि परिवारजनलाई सघाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ ।
प्रारम्भिक विवरणहरूमा सो कन्टेनर बेल्जियमबाट आएको देखिएको छ । शवहरू फेला परेपछि उत्तरी आयरल्यान्डका चालक मोरिस रबिन्सनलाई पक्राउ गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस