अर्थ संसार, काठमाडौं -मेगा बैंकले ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय भवनमा मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टरका साथमा रिसोर्स सेन्टर सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष भोजबहादुर शाहले बिहीवार एक समारोहबीच नवनिर्मित मेगा लर्निङ एन्ड डेभलपमेन्ट सेन्टरको उद्घाटन गरे ।
सेन्टरमार्फत आफ्ना कर्मचारीलाई दक्षता अभिवृद्धि तालीम प्रदान गर्दै आएको बैंकले आफ्नै कार्यालय भवनमा लर्निङ सेन्टरको स्थापना गरेको हो ।
मेगा बैंकमा कार्यरत कर्मचारीको दक्षता अभिवृद्धि गर्दै ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सेन्टरलाई बैंककै कार्यालय भवनमा स्थापना गरिएको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । २०६९ सालमा स्थापित बैंकको रिसर्च एन्ड डेभलपमेन्ट एकाइको कार्यमा रिसोर्स सेन्टरले योगदान पु¥याउने विश्वास अध्यक्ष शाहले लिएका छन् ।
सेन्टरको उद्देश्य तालीम दिनेमात्रै नभई अनुभवी प्रशिक्षक उत्पादन गर्नेसमेत रहेको बैंककी सीइओ अनुपमा खुञ्जेलीले बताइन् । बैंककी एडीसीइओ रविना देशराज श्रेष्ठले सेन्टरमा ज्ञान एवं दक्षता अभिवृद्धिका प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस