Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तको साधारणसभा हुँदै, १६ प्रतिशत लाभांश दिने

प्रजना राई

आइतबार, १७ कार्तिक २०७६, १२ : ३२ मा प्रकाशित

आरएसडिसी लघुवित्तको साधारणसभा हुँदै, १६ प्रतिशत लाभांश दिने

अर्थ संसार,  काठमाडौं - आरएसडिसी लघुवित्त वित्तिय संस्थाले १६ प्रतिशत लाभांश दिने भएको छ । शनिबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत  बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

सभा प्रयोजनका लागि कात्तिक २९ गते देखि मंसिर १३ गते सम्म बुक क्लोज हुनेछ ।संस्थाको साधारणसभा मंसिर १३ गते बुटवलमा हुनेछ । 
 

संस्थाको चुक्ता पूँजी हाल ६३ करोड ३५ लाख  १२ हजार रहेको छ । लाभांश वितरणपछि आरएसडीसीको चुक्ता पुँजी ६७ करोड १५ लाख २२ हजार रुपैयाँ पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको