Like us!
Follow us!
Connect us!
Watch us!

ब्रेक्जिटमा ढिलाई भएको भन्दै बेलायती प्रधानमन्त्रीद्वारा जनतासँग ‘क्षमा याचना’

मिलन खड्का

आइतबार, १७ कार्तिक २०७६, २० : २८ मा प्रकाशित

ब्रेक्जिटमा ढिलाई भएको भन्दै बेलायती प्रधानमन्त्रीद्वारा जनतासँग ‘क्षमा याचना’

अर्थ संसार, लण्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर ३१ मा नै यूरोपेली यूनियन (इयू) बाट बाहिरिने भनी गरेको प्रतिज्ञा पूरा गर्न नसकेकोमा बेलायती जनतासँग आइतबार क्षमा याचना गर्नुभएको छ । 

त्यस्तै ब्रेक्जिट अभियानका अर्का नेता निगेल फारेजले आगामी महिना हुने आम निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसनले इयूसँग गरेको ब्रेक्जिट सम्झौताले भविष्यमा हुने बेलायत–अमेरिका व्यापार सहमतिलाई बाधा पार्ने भनी बेलायती प्रधानमन्त्री जोनसनको आलोचनापछि जोनसनले भन्नुभयो, “समयमा ब्रेक्जिट प्रक्रियालाई टुङ्ग्याउन नसक्नु दुःखद कुरा हो ।”  

बेलायती प्रधानमन्त्रीले भन्नुभयो, “म राष्ट्रपतिमाथि कुनै आक्षेप लगाउन चाहन्न । तर यस बिषयमा उहाँ प्रस्ट भ्रममा हुनुहुन्छ ।”

“जसले हाम्रो (बेलायत र इयूको) सम्झौतालाई हेरेको छ उसले यसलाई ठूलो सहमतिका रूपमा लिएको छ । यसले हामीहरूलाई करतालिकाबाट पूर्ण बन्धनमुक्त हुन दिएको छ ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार फारेजसँग कुरा गर्दै ‘आगामी डिसेम्बर १२ मा हुने निर्वाचनमा ब्रेक्जिट पक्षधर समूह जोनसनको विपक्षमा हुने र इयूसँगको सम्झौताका निश्चित आधारहरूमा रहेर हेर्दा बेलायत–अमेरिका व्यापार सम्झौता सम्भव हुननसक्ने’ धारणा राख्नुभएको थियो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको