Like us!
Follow us!
Connect us!
Watch us!

मेडिकल काउन्सिलका अध्यक्षमा डा कोइराला नियुक्त

मिलन खड्का

सोमबार, १८ कार्तिक २०७६, ०९ : ०० मा प्रकाशित

मेडिकल काउन्सिलका अध्यक्षमा डा कोइराला नियुक्त

अर्थ संसार, काठमाडौं–सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान् कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रा डा कोइरालालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रा डा कोइराला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ । 

उहाँ चिकित्सा शिक्षाका एक अभियानकर्मीसमेत मानिनुहुन्छ । काउन्सिलका अध्यक्ष प्रा डा धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि सो पद रिक्त थियो । प्रा डा बाँस्कोटा आजै त्रिविको उपकुलपतिमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्का निर्णय हरेक बिहीबार सार्वजनिक गरिने भएकाले बैठकमा निर्णयबारे आधिकारिक जानकारी दिइएको छैन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको