अर्थ संसार, काठमाडौं– सानिमा बैंकले बचत कर्ताहरुका लागि स्वास्थ्यपरिक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता ल्याएको छ ।
यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुवाट ग्राहकले रु. ५ हजारको बार्षिक स्वास्थ्य परिक्षणसुविधालिन सकिने छ ।साथै, नेपाल र भारतमा हुने उपचारमा रु. १ लाख सम्मको औषधि उपचार बीमासुविधालिन सकिने छ ।त्यसै गरी, यदी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ रु. २० लाख बीमा रकम दावी गर्न सकिने छ।
यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको रु. ३ लाख रुपैया बीमा तथा रु २५०००/–को मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने छ ।
बंैकले आफ्ना ग्राहकहरुका लागि उपयुक्त हुने बिभिन्न योजनाहरु समयानुकुल रुपमा प्रदान गर्दै आइरहेको छ ।
बीमा सम्बन्धी थप जनकारीको लागि नजिकैको शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नुहुनेछ वा बैंकको वेबसाईट www.sanimabank.com मा लग ईन गर्न सक्नुहुनेछ । सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस