अर्थ संसार, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका शेयरधनीको सुझावलाई एक एक गरी कार्यान्वयन गर्ने बैंकका नायव प्रमुख अधिकृत बोधराज देवकोटाले बताउनुभयो ।
उहाँ भन्नु हुन्छ : 'सिटिजन्स बैंक स्थापनाकालदेखि नै नाफा कमाएर छोटो समयमा शेयरधनीलाई राम्रै लाभांश दिने बैंक हो । सिटिजन्स बैंक व्यावसायिक र प्रशासनिक हिसावबाट सफल व्यक्तिहरुबाट खोलिएको संस्था हो । जनताको मनमाझमा बस्न सफल सिटिजन्स बैंकलाई अझ बलियोरुपमा स्थापित गर्न हाम्रो टिम लागि परेको छ । बैंक भित्र रहेको कम-कमजोरीलाई विस्तारै सुधार गर्दै आगामि दिनमा बैंकलाई बलियो र अझ विश्वासिलो बनाई शेयरधनीलाई राम्रो प्रतिफल दिनेछौँ ।'
हेरौं भिडियो
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस