Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर महानगरपालिकाले जनावरका छाला हड्डी पोलेर प्रदूषित गराउनेलाई कारवाही गर्ने

मिलन खड्का

बुधबार, २० कार्तिक २०७६, १२ : ५६ मा प्रकाशित

ललितपुर महानगरपालिकाले जनावरका छाला हड्डी पोलेर प्रदूषित गराउनेलाई कारवाही गर्ने

अर्थ संसार, ललितपुर- ललितपुर महानगरपालिकाले जनावरका छाला हड्डी पोलेर वातावरण प्रदूषित गराउनेलाई कारवाही गर्ने जनाएको छ । केही दिनअघि ललितपुर महानगरपालिका–१४ को नख्खुखोला नजिक असुरक्षित रुपमा जनावरका छाला र हड्डी जलाउँदै गरेको अवस्थामा पक्राउ परेका तीन जनालाई नगर प्रहरी ऐन अनुसार कारवाही गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले बताउनुभयो । 

ऐन अनुसार जरिवाना तिराएर त्यहाँ रहेको जनावरको छाला र हड्डीलाई सुरक्षित रुपमा नष्ट गरिने छ, ‘त्यस ठाउँमा वातावरण प्रदूषण गराउने कार्यमा समेत रोक लगाइने छ, भट्टराईले भन्नुभयो ।’ उहाँले यसअघि तरकारीलगायत अन्य फोहरको विषयमा यसरी गुनासो आएको र जरिवाना तिराएको भए पनि जनावरको हड्डीको विषयमा भने पहिलो पटक घटना भएको बताउनुभयो ।

वातावरण प्रदूषण गरेको भन्दै स्थानीयवासीले दिएको उजूरीको आधारमा ललितपुर प्रहरीले भारतीय नागरिक फैसल मुस्लिम, साजिद मुस्लिम र नेपाली रामेश शेर्पालाई पक्राउ गरेको छ । 

कानून अनुसार प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाउन नमिल्ने देखेपछि उनीहरुलाई मङ्गलबार ललितपुर महानगरपालिकामा बुझाइएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । 

वातावरण प्रदूषण गराएको भन्दै एक हप्ताअघि स्थानीयवासी बुद्धमार्ग क्लबले छानबीन गरी कारवाही गर्न भन्दै निवेदन दिएको थियो । सोही उजूरीका आधारमा प्रहरी पुग्दा उनीहरुले झण्डै दुई ट्याक्टर छाला र हड्डी जलाउँदै गरेको अवस्थामा फेला पारी तीन जनालाई नियन्त्रणमा लिएको थियो । 
उनीहरुले विभिन्न क्षेत्रबाट हड्डी सङ्कलन गरेर यहाँ जलाउने गरेको पाइएको प्रहरीले जनाएको छ । यसरी जलाउँदा आसपास क्षेत्रमा प्रदूषण फैलिएको स्थानीयवासीले बताएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको