Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै नेशनल लाईफको वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

dibesh

आइतबार, २४ कार्तिक २०७६, १५ : ३९ मा प्रकाशित

लाभांश पारितसँगै नेशनल लाईफको वार्षिक साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार, काठमाडौं–  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३१ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ । आफ्नै केन्द्रिय कार्यालय लाजिम्पाट, काडमाडौंमा सम्पन्न भएको वार्षिक साधारणसभाले  १२ प्रतिशत नगद लाभांश  र २.५ प्रतिशत बोनस शेयर पारित लगायतको प्रस्तावहरु पारित गरेको छ ।

साधारण सभामा कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले आ.व. २०७४/०७५ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताउनु हुंदै सो वर्ष कूल रु.  ६४४.७६ करोडबीमा शुल्क संकलन भएको र रु. @)% करोडकूलदावी भुक्तानी गरेको एवम् रु ४७ करोडको खुद मुनाफा आर्जन गरेको सभामा अवगत गराउनु भयो ।

यसै गरी आ.व. २०७४/०७५ को अन्त सम्ममा कम्पनीको कुल लगानी २३.५४ प्रतिशतले बृद्धि भई रु.२,०९५ करोड पुगेको छ । कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २४.१६ प्रतिशतले बृद्धि भई द्दण्ठछ असार मसान्त सम्ममा रु. २१अर्ब ४७ करोडपुगेको जानकारी गराउनु भयो ।

सभामा अध्यक्षले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र चुक्ता पूँजी रु.३ अरब नाघेको जानकारी गराउनु भयो । कम्पनीले आ.व.२०७४/०७५ को बीमाङ्कीय मूल्याङ्कनमा राम्रो प्रगति गरी नाफा सहित जारी गरिएका सबै बीमालेखमा दुई विन्दुले वोनस दर बढाइएको र यसवाट ब्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गर्नु भयो ।

कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएको, शाखा सन्जाल विस्तारमा विशेष ध्यान दिएको र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याउन प्रयास रहेको अध्यक्षले सभामा उल्लेख गर्नु भयो ।

लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गरी कम्पनीको प्रतिफल बृद्धि गर्ने तर्फ कम्पनीको प्रयास केन्द्रित रहेको परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ९.५८ प्रतिशत पुगेको वताउनु भयो । ब्यवसाय विस्तार संगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिएको र सोही अनुसार विपन्न वर्गका लागि बालिका शिक्षा योजना संचालनमा ल्याएको र सो को अतिरिक्त कम्पनीले निशुल्क वृहत स्वास्थ्य शिविर संचालनमा सहयोग पुर्याएको अवगत गराउनु भयो ।

३१ औं वार्षिक साधारण सभाले आ.व. २०७४/०७५ को लागि चुक्ता पूंजीको २.५ प्रतिशत वोनस शेयर जारी गर्ने र हाल कायम रहेको चुक्ता पूँजीमा १२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्ने, वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.घढ,छठ,ज्ञछडरछढनगद लाभांश प्रस्ताव पारित गरेको छ ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३१ औं वार्षिक साधारणसभाका झलक हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

 

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३१ औं वार्षिक साधारणसभाका झलक हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको