Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको नाफा ३२.६४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २६ कार्तिक २०७६, १० : ३९ मा प्रकाशित

लक्ष्मी बैंकको नाफा ३२.६४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं–  लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ४० करोड १९ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिभन्दा ३२।६४ प्रतिशत ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले ३० करोड ३० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा १९ करोड ९० लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमाशः १६।९९ प्रतिशत र २५।०७ प्रतिशतले बढेको छ । यसले खुद नाफा बढाउन टेवा पुर्याएको हो । यता, खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ २८ पैसाले बढेर १८ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ९४ पैसा रहेको छ ।

बैंकको चुक्ता पुँजी ८।५०प्रतिशत ले बढेको छ । गत वर्षको नाफाबाट लक्ष्मीले १५प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा १०प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको