अर्थ संसार, काठमाडौं- नेपाल बैंक लिमिटेडको “१०% एनबिएल डिबेन्चर २०८३” २ अर्ब ५० करोड बराबरको डिबेन्चर १०% व्याज सहित सात वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड, नक्साल काठमाण्डौं लाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
कूल २५,००,००० कित्ता डिबेन्चर मध्ये १५,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १०,००,०० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिनेछ ।
उ क्त कार्यको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीचमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस