Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्यको ८३ प्रतिशत राजश्व संकलन,आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा १२ खर्ब २४ अर्ब संकलन

अर्थ संसार

विहीबार, ३२ असार २०८३, १३ : २४ मा प्रकाशित

लक्ष्यको ८३ प्रतिशत राजश्व संकलन,आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा  १२ खर्ब २४ अर्ब संकलन

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ समाप्त हुन एक दिन बाँकी रहँदा (असार ३१ गते बुधवारसम्म) सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक लक्ष्यमध्ये १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजश्व संकलन गरेको छ।

यो कुल लक्ष्यको ८२.७६ प्रतिशत हो। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष राजश्व संकलनमा ७.४० प्रतिशत (८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँ) ले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार ३१ सम्म ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँ मात्र संकलन भएको थियो।

संकलित राजश्वमध्ये कर राजश्वको हिस्सा सबैभन्दा ठूलो रहेको छ। बुधवारसम्म ११ खर्ब ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर राजश्व संकलन भएको छ, जुन वार्षिक कर राजश्व लक्ष्यको ८३.४३ प्रतिशत हो। यस्तै गैरकर राजश्वतर्फ १ खर्ब १८ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ७६.९९ प्रतिशत बराबर हो। गत वर्षको तुलनामा कर राजश्व ७.३४ प्रतिशत र गैरकर राजश्व ८.०२ प्रतिशतले बढेको कार्यालयले जनाएको छ । वैदेशिक अनुदान प्राप्तिमा पनि यस वर्ष सुधार देखिएको छ। सरकारले चालु आर्थिक वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असार ३१ गतेसम्म ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ प्राप्त भएको छ। यो लक्ष्यको ५८.५ प्रतिशत हो। गत आर्थिक वर्षको सोही अवधिमा भने २३ अर्ब २० करोड १६ लाख रुपैयाँ मात्रै वैदेशिक अनुदान प्राप्त भएको थियो। यस आधारमा अनुदान प्राप्ति ३४.७५ प्रतिशतले बढेको देखिन्छ।

असार ३१ गते एकै दिन सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। यसमध्ये १८ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ कर राजश्व रहेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको