Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक र चिरायु नेसनल हस्पिटलबी सहकार्य, ग्राहकलाई यस्तो फाइदा

अर्थ संसार

सोमबार, ०२ मंसिर २०७६, १८ : १४ मा प्रकाशित

सिटिजन्स बैंक र चिरायु नेसनल हस्पिटलबी सहकार्य, ग्राहकलाई यस्तो फाइदा

अर्थ संसार, काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि., बसुन्धरा, बिच बैंकका ग्राहकवर्गलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहक महानूभावहरुले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि. माउपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिमव्यवस्थापनएवमगुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको