यहि २०७६ साल मंसिर ५ र ६ गते काठमाडौंमा उर्जा सम्मेलन हुन लागेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाले आयोजना गरेको यो सम्मेलनमा स्वदेश तथा विदेशका ७५० भन्दा बढी प्रतिनिधिहरुले भाग लिने अनुमान छ । यस सम्मेलनमा अन्य कुराहरुको अतिरिक्त निम्न बिषयहरुमा समेत छलफल होस भन्न चाहन्छु ।
सम्मेलनमा छलफल हुने विभिन्न विषयहरुमध्ये अलिहेको चर्चाको विषय भनेको उर्जा व्यापारको क्षेत्रमा निजी क्षेत्रको प्रवेश खुल्ला गर्ने विषय रहनु पर्दछ । नेपालमा अहिले सम्म विद्युत वितरण र आयात निर्यात व्यापार नेपाल सरकारको एकाधिकार रहेको संस्था नेपाल विद्युत प्राधिकरणबाट हुँदै आएको छ । नेपाल विद्युत प्राधिकरणको यो एकाधिकार तोड्दै विद्युतको व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिएर प्रतिस्पद्र्धा श्रृजना गर्ने उद्देश्य लिएको लामो समय भएको छ । नेपाल सरकारले स्थापना गरेको विद्युत नियमन आयोगले यस सम्बन्धमा नियम कानून बनाई लागु गर्ने भन्ने विद्युत नियमन आयोग ऐनमा उल्लेख गरिएको छ ।
विद्युत शक्तिको स्वदेश तथा विदेशमा व्यापार
गर्नका लागी विद्यमान ग्रीड संचालनमा सबैको पहुँच हुनुपर्ने र राटिय ग्रीडबाट सबैले विद्युत लिन दिन पाउने स्वतन्त्रता हुनु जरुरि छ । विद्युत लिँदा–दिँदा तिर्नुपर्ने शुल्कको दर (Wheeling Fee) निर्धारण हुन जरुरी छ । विभिन्न उच्च भोल्टेज लाइनहरुमा हुने लाइन लसको मात्रा एकिन हुन जरुरी छ ।
विद्युत ऐन २०४९ र विद्युत नियमावलीमा विद्युत व्यापार खुला गर्ने र निजी क्षेत्रले पनि विद्युतको व्यापार गर्ने पाउने कानूनी व्यवस्था छैन । लामो समयदेखि संशोधनको प्रस्ताव गरिएको विद्युत ऐन २०७६को संसोधन मस्यौदामा पनि विद्युत व्यापारको बारेमा कुरा गरिएको छैन । यस सम्मेलनमा विद्युत व्यापारका लागी पहिलो शर्तकोरुपमा रहेको कानून निर्माण गर्नु पर्ने आवष्यकताले महत्वपूर्ण स्थान पाउनेछ ।
यस नयाँ कानूननमा निजी क्षेत्रले पनि विद्युतको व्यापार गर्ने पाउने व्यवस्था हुनु आवश्यक छ । नेपालका स्वतन्त्र उर्जा उत्पादकहरुका कम्पनीहरुले मिलेर एक विद्युत व्यापार कम्पनी दर्ता गरी विद्युत व्यापारको काम सुरु गर्ने अनुमति माग्दा उर्जा मन्त्रालयले इन्कार गरेको समाचार आजको छापामा प्रकाशित भएको छ । यो समस्याको समाधान यो उर्जा सम्मेलनले खोजी गर्नेछ भन्ने आशा गरिएको छ ।
विद्युत व्यापारका दुई पहलु छन । स्वदेश भित्रै एक ठाँऊमा उत्पादन गरिएको विद्युत अर्को ठाँऊमा विक्री गर्ने तथा अन्तरदेशीय विद्युत व्यापार । नेपाल–भारत बीच विद्युत आयात–निर्यात व्यापार लामो समय देखि भईरहेको छ । नेपालको विद्युत प्रणालीको स्थायीत्व र लोड सेडिंग भारतबाट विद्युत आयात गरेर सम्पन्न गरिदै आएको छ । भारतले नेपाललाई आफ्नो विद्युत बेच्ने स्थायी वजारकोरुपमा परिकल्पना गरेको छ । मुजफरपुर–ढल्केवर ट्रान्समिशनलाईन बाट नेपालले बर्षभरी १५० मेगावाट विद्युत भारतबाट आयात गर्नु पर्ने तथा नयाँ लाईन बन्दा पनि यो शर्त लागू हुने संमmौता भएका छन ।
नेपालमा विद्युतको अधिक उत्पादन भएको बेलामा भारतमा विद्युत पठाउने र कम भएको बखत उर्जा लिने गरी Energy Banking नगर्ने भन्ने बारेमा छलफल गरेको लामो समय व्यतित हुँदा सम्म कार्यान्वयन हुन सकेको छैन । सोको स्पस्ट अवधारणा र कार्यान्वयन छिटै हुने बारे छलफल निष्कर्षमा पुग्ने विश्वास गरिन्छ । नेपाली उर्जा उद्यमीहरुको चासो भनेको भारतले नेपाल विद्युत प्राधिकरणलाई जुन दरमा विद्युत बिक्री गरिरहेको छ सोहि दरमा नेपालमा उत्पादन भएको विद्युत खरीद गरि दिन्छ के त भन्ने हो । भारतको खुल्ला वजारमा नेपाल विद्युत प्राधिकरणले एकलमा विद्युत व्यापार गरेर मुनाफा आर्जन गर्ने काम कठीन र जटिल हुनेछ अनि नेपालमा Spill Energy समस्या आउने छ । अनि .....
नेपाल भारत बीचका अन्तरदेशिय ट्रान्समिसन लाइनहरु मध्ये कुन कुन लाइनबाट कति परिमाणमा विद्युत व्यापार गर्ने सकिने हो भन्ने जानकारी यो सम्मेलन मार्फत पाइनेछ भन्ने आशा गरिएको छ । भारतको सतलज विद्युत निगमले निर्माण गरिरहेको अरुण तेश्रो जलविद्युत आयोजनाको लागी निर्माण गरिने ट्रान्समिशनलाईनबाट अरुले विद्युत व्यापार गर्न पाउने वा नपाउने भन्ने बारेमा पनि यो सम्मेलनमा चर्चा हुनेछ भन्ने आशा छ ।
नेपाल बंगलादेश बीच सिधा स्वतन्त्र ट्रान्समिसन लाइन निर्माण गरेर सो लाइन मार्फत स्वतन्त्र ढंगले विद्युत व्यापार गर्ने भनी मेची र कोशी अञ्चलमा पहिचान भएका आयोजनाहरुका प्रवद्र्दकहरु विद्युत उत्पादन गरी व्यापार गर्ने आशा लिएर काम गरि राख्नु भएको छ । विद्युत व्यापारको लागी नयाँ लाईन बन्ने बारेमा पनि यो सम्मेलनमा चर्चा हुने आशाछ ।
संयुक्त राज्य अमरिकाले बनाई दिने llineum Challange Cooperation अन्तर्गतका ट्रान्समिशनलाईनहरु निर्माण गर्ने मार्गमा पनि सम्मेलनमा चर्चा परिचर्चा हुने आशा गरिएको छ । कोशे ढुँगा भनिएको नेपाल भारत बीच विद्युत व्यापारको लागी ढल्केबर मुजफरपुर लाइनबाट नेपालले कति विद्युत निर्यात गर्ने पाउने हो भन्ने बारे प्रष्ट कुरा छलफलमा आउने विश्वास लिएका छौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस