Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, १६ : ३९ मा प्रकाशित

एन आई सी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

एन आई सी एशिया बैंकका ग्राहकहरुले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच सम्झौता सम्पन्न भएको हो । 

यस समझदारीसँगै यस बैंकका ग्राहकले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरि डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।  

यस बैंकका ग्राहकहरुले In house Pathology, Outsourcing Test, Radiology, Ambulance, General Bed Charge, ICU / Surgery Charge  सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ ।  उक्त अस्पतालसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको