आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएसँगै वाणिज्य बैंकहरूको नाफा–घाटा स्थिति प्रष्ट भएको छ। २० वटा वाणिज्य बैंकमध्ये १६ वटा बैंकले लाभांश दिन सक्ने क्षमता देखाएका छन् भने बाँकी ४ वटा बैंक भने घाटामा रहेका कारण हाललाई वितरण असमर्थ देखिएका छन्।
प्रकाशित विवरणअनुसार सबैभन्दा उच्च लाभांश दिन सक्ने क्षमतामा एभरेष्ट बैंक रहेको छ। बैंकले ४ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ। सम्भावित लाभांश क्षमता ३८.२७ प्रतिशत रहेको देखिन्छ।
यसपछि सानिमा बैंक २०.४७ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंक १९.८५ प्रतिशत क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
कृषि विकास बैंकले १८.४२ प्रतिशत, नबिल बैंकले १७.६४ प्रतिशत, प्राइम कमर्शियल बैंकले १४.३३ प्रतिशत, ग्लोबल आइएमई बैंकले १४.११ प्रतिशत, सिद्धार्थ बैंकले १३.२२ प्रतिशत, लक्ष्मी सनराइज बैंकले १२.३४ प्रतिशत, नेपाल एसबिआई बैंकले ११.२९ प्रतिशत, एनएमबि बैंकले १०.४० प्रतिशत, माछापुच्छ्रे बैंकले ९.२३ प्रतिशत, सिटिजेन्स बैंकले ५.२५ प्रतिशत, प्रभु बैंकले ४.४४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले १.९४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.४४ प्रतिशत लाभांश दिन सक्ने अवस्थामा छन्।
चार वाणिज्य बैंक भने घाटामा रहेका कारण लाभांश वितरण गर्न असमर्थ छन्। तीमा नेपाल बैंक (ऋणात्मक ४४ करोड ९० लाख), हिमालयन बैंक (ऋणात्मक ७१ अर्ब १ करोड), एनआईसी एशिया बैंक (ऋणात्मक ५२ अर्ब ११ करोड) र कुमारी बैंक (ऋणात्मक २७ अर्ब ९४ करोड) परेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस