Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक उच्च अंकले घट्यो, कारोबार रकम ७ अर्ब माथि

अर्थ संसार

आइतबार, ०१ भदौ २०८२, १५ : १८ मा प्रकाशित

नेप्से परिसूचक उच्च अंकले घट्यो, कारोबार रकम ७ अर्ब माथि

साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेको छ । आज सेयर बजार परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा पुगेको हो ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेर ४७३.६७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै परिसूचकको सेयर मूल्यमा गिरावट आएको छ । आज सेयर बजारमा १९१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५८ कम्पनीको सेयर मूल्य बढेको छ । 

परिसुचक घटेको दिन ७ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता सेयर ८६ हजार ६६९ पटक खरिद बिक्री हुँदा ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको