Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले सच्यायो कमजोरी, २ अंकले घटेको परिसूचक तीन घण्टा पछि ७ अंकले बढ्यो

अर्थ संसार

सोमबार, १२ साउन २०८२, १८ : ३२ मा प्रकाशित

नेप्सेले सच्यायो कमजोरी, २ अंकले घटेको परिसूचक तीन घण्टा पछि ७ अंकले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचकमा देखिएको कमजोरी सुधार गरेको छ । सोमबार सेयर बजारको परिसूचकमा अन्तिम गणना त्रुटि भएको देखिएको थियो । 

यसपछि सामाजिक सञ्जालदेखि विभिन्न सञ्चार माध्यमबाट प्रश्न उठाइएपछि नेप्सेले उक्त कमजोरी सुधार गरेको हो । बजार बन्द हुँदा नेप्से परिसूचक १२ अंक बढेको थियो । त्यसपछि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना भएपछि नेप्से एकाएक २.०७ अंकले घटेको थियो । 

सोमबार २ः४५ बजे ३ अंक बढेर २९६७ बिन्दुमा रहेको नेप्से त्यसपछि बजार बन्द हुँदासम्म लगातार बढेको थियो । तर, भारित औसत मूल्य गणनापछि २.०७ अंकले घटेको देखाएपछि यसको आलोचना भएको थियो । अहिले भने नेप्सेले सच्याएर परिसूचक ७.१० अंकले बढेको देखाएको छ । योसँगै आज परिसूचक २९७१.३१ बिन्दुमा रहेको देखाइएको छ । सोमबार नेप्से २ः४५ बजे २९६७.०८ बिन्दुमा, २.५० बजे २९६९.६५ बिन्दुमा, २.५५ बजे २९७२.२७ बिन्दुमा र ३ बजे २९७६.३४ थियो ।

यसका सन्दर्भमा नेप्सेले सूचना नै निकालेर भनेको छ, ‘नेप्सेको कारोबार प्रणालीमा कारोबार समय पश्चात परिसूचकको भारित औषत गणना गर्ने क्रममा प्राविधिक कारणले फरक अंक देखिएकोमा उक्त समस्या समाधान गरिएको व्यहोरा अनुरोध गर्दछौं । यसबाट सम्पूर्ण सरोकारवालामा पर्न गएको असुविधाको लागि क्षमा प्रार्थी छौं ।’


 

68877285bbbec.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको