Like us!
Follow us!
Connect us!
Watch us!

भदौलाई वाणिज्य बैंकहरूको ब्याजदर अझै घट्यो

अर्थ संसार

शनिबार, ३१ साउन २०८२, १७ : २९ मा प्रकाशित

भदौलाई वाणिज्य बैंकहरूको ब्याजदर अझै घट्यो

भदौ महिनाका लागि वाणिज्य बैंकहरूले प्रकाशित गरेको ब्याजदर साउनको तुलनामा झन् घटेको देखिएको छ। व्यक्तिगत मुद्दति निक्षेपमा साउन महिनामा औसत ५.६९ प्रतिशत ब्याजदर कायम भएकोमा भदौमा यो घटेर ५.५७ प्रतिशतमा पुगेको छ। यस अवधिमा २० वाणिज्य बैंकमध्ये ८ बैंकले ब्याजदर घटाएका छन् भने प्रभु बैंकले बढाए पनि बैंकको ब्याज सस्तो नै रहेको छ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा ठूलो गिरावट देखाउँदै साउनको ६.२६ प्रतिशतबाट भदौमा ५.१३ प्रतिशतमा झारेको छ, जसले १.१३ प्रतिशत अंकको कमी देखाउँछ। लक्ष्मी सनराइज बैंकले पनि आफ्नो ब्याजदर ५.५० प्रतिशतबाट ५.०० प्रतिशतमा घटाएको छ। यस्तै, एभरेष्ट बैंक, सानिमा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंकले समेत ब्याजदर घटाएका छन्।

उता, प्रभु बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर ४.२५ प्रतिशतबाट बढाएर ५.३५ प्रतिशत पुर्याएको छ। यससँगै प्रभु बैंक अघिल्लो महिनामा सबैभन्दा कम ब्याज दिने बैंकबाट एकैपटक बढाएर मध्यम समूहमा प्रवेश गरेको छ।

उच्चतम र न्यूनतम ब्याजदर

व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एशिया बैंकले साउनको जस्तै भदौ महिनामा पनि उच्चतम ब्याजदर ६.२५ प्रतिशत कायम राखेको छ। त्यसैगरी, एनएमबी बैंक, हिमालयन बैंक र ग्लोबल आईएमई बैंकले ६ प्रतिशत ब्याज कायम राख्दै स्थिरता देखाएका छन्।
त्यसमध्ये सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकले प्रस्ताव गरेको छ, जसले भदौ महिनामा ५ प्रतिशत मात्र ब्याज दिनेछ।

संस्थागत मुद्दति निक्षेपमा थप गिरावट

संस्थागत मुद्दति निक्षेपमा पनि भदौमा गिरावट देखिएको छ। साउन महिनामा औसत ब्याजदर ४.११ प्रतिशत रहेकोमा भदौ महिनामा यो घटेर ३.९६ प्रतिशतमा पुगेको छ। यस अवधिमा ७ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् भने कुनै बैंकले वृद्धि गरेको छैन।

कृषि विकास बैंकले ३.५० प्रतिशतबाट २.८५ प्रतिशतमा झार्दा, सिद्धार्थ बैंकले ४.७५ प्रतिशतबाट ४ प्रतिशतमा घटाएको छ। त्यस्तै, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक लगायतले समेत गिरावट देखाएका छन्।

68a07116ae7fd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको