Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो, कति पुग्यो लिटरको ?

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, २१ : २७ मा प्रकाशित

पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो, कति पुग्यो लिटरको ?

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो ।

निगमले आज जारी गरेको विज्ञप्ति अनुसार डिजेल र मट्टितेलको मूल्य भने घटेको छ । साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल लिटरको २ रुपैयाँले बढेको छ । त्यस्तै डिजेल÷मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।

भोलिदेखि पेट्रोलको मूल्य पहिलो वर्गमा १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६० रुपैयाँ र तेस्रो वर्गमा १६१ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल मट्टितेलको मूल्य पहिलो वर्गमा १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४८ रुपैयाँ र तेस्रो वर्गमा १४९ रुपैयाँ पुगेको छ ।

 

689f55dc23d35.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको