अर्थ संसार, काठमाडौं - गरिमा विकास बैंकले तेह्रौँवार्षिक साधारणसभा मंसिर २७ गते बोलाएको छ । कम्पनीले १६ दशमलव १५ प्रतिशत बोनस शेयर र करका लागि शून्य दशमलव ८५ प्रतिशत नगद प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।
अधिकृत पूँजी वृद्धि गरी ५ अर्ब पुर्याउने, अन्य इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था एकआपसमागाभिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेका छन् । साधारणसभा प्रयोजनका लागि मंसिर १३ गतेदेखि २७ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।
मंसिर १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा बोनस र लाभांश पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस