Like us!
Follow us!
Connect us!
Watch us!

दशैको मुखमा एयरपोर्टमा हड्ताल

मंगलबार, १८ असोज २०७३, १६ : २८ मा प्रकाशित

दशैको मुखमा एयरपोर्टमा हड्ताल


अर्थ संसार
काठमाडौं–एयरपोर्टमा कार्यरत श्रमिकहरुले तलव र दशैं खर्चको माग गर्दै मंगलबार बिहान २ घन्टा धर्ना दिएका छन् ।  उनीहरुले बिहान ९ बजेदेखि १० बजेसम्म धर्ना दिएका हुन् ।

नेपाल नागरिक उड्डयन प्रधिकरणअन्तर्गत ठेकेदार कम्पनीमार्फत विमानस्थलमा कार्यरत करिब ४ सय श्रमिकले दशैंको मुखमा तलब नपाएको बताएका छन् ।

उनीहरुले १९ गते हवाइ प्रधिकरणका महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने  र ध्यानाकर्षण पत्र बुझाउने बताएका छन् ।

उनीले घोषणा गरेको कार्यक्रम अनुसार २० गते एयरपोर्टमा काम नगरि दुई घन्टा बन्द गर्ने बताएका छन् । यस्तै २१ गते सरसफाइदेखि सबै काम बन्द गर्ने र मानव अधिकार कार्यालय संसद भवनमा लबिङ गर्ने उनीहरुको योजना छ ।

आफ्ना माग बारे एक महिनाअघि मन्त्री, सचिव, महानिर्देशकलाई ज्ञापनपत्र बुझाएको बताउँदै उनीहरुले वेवास्ता भएपछि हड्तालमा उत्रन बाध्य भएको दावी गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको